Breaking News
चितवनमा कोरोना संक्रमणबाट आज दुई जनाको मृत्यु, १०४ संक्रमित थपिए, ३४ डिस्चार्ज

चितवन, असार १६-
चितवनका विभिन्न अस्पतालहरुमा आज कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार मृतक दुई जना चितवन बाहिरका छन् । मृतक मध्ये भरतपुर अस्पतालमा एक जना र पुरानो मेडिकल कलेजमा एक जनाको मृत्यु भएको हो ।
चितवनका विभिन्न अस्पतालमा २२० जना कोरोना संक्रमित बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा ९० जना, भेन्टिलेटरमा १७ जना, एचडीयूमा २८ जना र जेनरल बेडमा १०२ जना बिरामी रहेका छन् । विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट ३४ जना कोरोना संक्रमित बिरामी डिस्चार्ज भएका छन् ।
त्यसैगरी विगत २४ घण्टामा चितवनमा १०४ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये भरतपुर महानगरपालिकामा ६७ जना, खैरहनीमा सात जना, माडीमा छ जना, रत्ननगरमा ११ जना, राप्तीमा ५ जना, कालिकामा सात जना र इच्छाकामनामा एक जना रहेका छन् । योसँगै चितवनमा संक्रिय संक्रमितको संख्या एक हजार १९८ जना पुगेको छ । आजसम्म चितवनमा कोरोना संक्रमणबाट २८२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
























