खैरहनी

खैरहनी नगरपालिमा ८ नम्बर वडा कार्यालय भवनको उद्घाटन

Banner

चितवन, असार १६-

स्थानीय तहको निर्वाचन भएको चार वर्षपछि खैरहनी वडा नम्बर ८ ले आफ्नै कार्यालय भवनबाट सेवा सुरु गरेको छ ।

कार्यालय भवनको आज बुधबार खैरहनी नगरपालिका मेयर लालमणि चौधरीले उद्घाटन गरेसँगै नयाँ कार्यालय भवनबाट सेवा सुरु भएको हो ।

यसअघि भाडामा बस्दै आएको सो वडा कार्यालयले आफ्नै जग्गामा भवन बनाएको थियो । जिल्ला समन्वय समिति चितवन र खैरहनी नगरपालिकाको कुल ४६ लाख रुपैयाँको सयुक्त लगानीमा वडा कार्यालय भवन निर्माण गरिएको हो ।

भवनको उद्घाटन गर्दै मेयर चौधरीले सरल र सहजरुपमा सेवा प्रवाह हुने विश्वास व्यक्त गरे । विकास रिले दौड जस्तै रहेको भन्दै मेयर चौधरीले क्रमिकरुपमा काम हुने बताए । हामी तत्काल नजिता खोज्छौ मेयर चौधरीले भने, ‘विकास क्रमिकरुपमा हुन्छ,यो रिले दौड जस्तै हो ,आत्तिनु हुदैन ।’ सोही वडाका वडाध्यक्ष टेकबहादुर थापा क्षेत्रीले आफ्नो वडा भित्र विकासका धेरै काम भएको दाबी गरे ।

उद्घाटन कार्यक्रममा उपमेयर सुनिता थपलिया, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपाने, खैरहनी–६ का वडाध्यक्ष रामशरण पाण्डे, ७ का वडाध्यक्ष मनेजर महतो, वडा सदस्यहरु, उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष दिपेन श्रेष्ठ, चितवन उद्योग संघ खैरहनी इकाइ अध्यक्ष प्रतिभा श्रेष्ठ, खैरहनी चेम्बर अफ कमर्सका अध्यक्ष प्रकाश श्रेष्ठ, समाजसेवी एवम् उद्योग वाणिज्य संघ खैरहनीका द्वितीय उपाध्यक्ष जगतबहादुर पाण्डे, टोल विकास संस्थाका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>