चितवन विशेष

धान दिवसमा देवघाटमा आयोजित कविता प्रतियोगितामा पराजुली पहिलो

Banner

चितवन, असार १५-

धान दिवसको अवसरमा देवघाटमा आयोजित कविता प्रतियोगितामा विवेक पराजुली पहिलो भएका छन् ।

सामुदायिक रेडियो देवघाट १०२.६ मेगाहर्जको आयोजनामा भएको कविता प्रतियोगितामा महेश संस्कृत गुरुकुलमका पराजुली पहिलो भएका हुन् ।

‘धानको महत्व’ विषयक कविता प्रतियोगितामा परमानन्द संस्कृत गुरुकुलमका  अभिषेक भुसाल दोस्रो, परमानन्द संस्कृत गुरुकुलमका  अनुज पाण्डे तेस्रो भएका छन् । जुम एप मार्फत् सञ्चालन गरिएको कार्यक्रममा देवघाट गाउँपालिका माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सहभागिता जनाएका थिए । प्रतियोगितामा १० प्रतियोगीको सहभागिता रहेको थियो । प्रतियोगिताको प्रत्यक्ष प्रसारण सामुदायिक रेडियो देवघाटबाट गरिएको थियो ।

प्रतियोगिताको निर्णायक मण्डलमा साहित्य संगम चितवनका अध्यक्ष साहित्यकार प्रकाश चापागाई र प्रगतिशील लेखक संघ चितवनका अध्यक्ष विपिन पाठक रहेका थिए । कार्यक्रममा देवघाट गाउँपालिका शिक्षा शाखा प्रमुख होमनाथ लामिछानेले नेपालमा धानको उत्पादकत्व बढाउनतर्फ सरकार लाग्नुपर्ने बताएका थिए । उनले किसानलाई समयमा उन्नत जातको बीउ, मलको सहज उपलब्धता गराउँदै कृषि यान्त्रिकरणमा जोड दिएमा धानको उत्पादकत्व बढाउन सकिने धारणा राखेका थिए । कार्यक्रममा रेडियो देवघाटका बजार प्रवन्धक गोपालचन्द्र न्यौपानेलगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन स्टेशन म्यानेजर सुवास लामिछाने गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>