चितवन विशेष

नारायणगढ लेडी जेसीजको रजत जयन्ती शुभारम्भ

Banner

चितवन, असार १५–

नारायणगढ लेडी जेसीजले रजत जयन्ती कार्यक्रम शुभारम्भ गरेको छ । आज (मंगलबार) एक कार्यक्रमकाबीच सिमित व्यक्तिहरुको भौतिक उपस्थितिमा भर्चुअल माध्यमबाट रजय जयन्ती शुभारम्भ गरिएको हो ।

भरतपुर आयोजित कार्यक्रममा सिमित व्यक्तिहरुको भौतिक उपस्थिति रहेको थियो भने अन्य अतिथिहरुलाई जुम एप मार्फत सहभागि गराईएको थियो । रजत जयन्ती कार्यक्रमको जेसीजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले समुद्घाटन गरे । सो क्रममा बोल्दै अध्यक्ष खनालले इतिहास बोकेको नारायणगढ लेडी जेसीजले समाज परिवर्तनमा उल्लेखीय योगदान दिएको बताए । हरेक दुःख सुःखमा नारायणगढ लेडी जेसीज सदैव अगाडि रहेको भन्दै संस्थालाई बधाई एवंम धन्यवाद प्रकट गरिन् ।

कार्यक्रममा बोल्दै नारायणगढ लेडी जेसीजकी अध्यक्ष सम्झना प्रधानले रजय जयन्तीलाई सफल पार्न सबैको भूमिका महत्वपूर्ण रहेको भन्दै जेसीजलाई यहाँसम्म ल्याई पु¥याउने सबैमा धन्यवाद ज्ञापन गरिन् । कार्यक्रममा केही अतिथिहरुले भौतिक र केही भर्चुअल माध्यमबाट शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा रजत जयन्ती शुभारम्भ कार्यक्रमकी संयोजक पारु अग्रवालले शुभकामना मन्तव्य व्यक्त गरिन् ।

कार्यक्रममा रजत महोत्सवका मूल संयोजक तथा संरक्षक विश्व शान्ति पियालगायतले मन्तव्य व्यक्त गरेका थिए । रजत जयन्तीको अवसरमा विभिन्न ११ वटा कार्यक्रम हुने छन् । रजत महोत्सवका सहसंयोजक पूर्णिमा श्रेष्ठले रजत महोत्सवलाई जुम, गुगल मिट, म्यासेन्जर, भाइबार लगायतका माध्यमबाट अधिकाँस कार्यक्रम हुने बताइन् । सन् १९९६ मा सम्पन्न २३ औँ राष्ट्रिय महाधिवेशनमा नारायणगढ जेसीजको मातृत्वमा नारायणगढ लेडी जेसीज स्थापना भएको थियो ।

यस जेसीजले लेडी एकेडेमी, लोम नोम लिडर्स एकेडेमी, क्षेत्र ख सम्मेलन लगायतका कार्यक्रम सफल पारिसकेको छ । सामाजिक सेवामा सक्रिय नारायणगढ लेडी जेसीज सन् २०१६ देखि आफ्नै भवनमा सञ्चालित छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>