Breaking News

भोलिदेखि चितवनको सरकारी अस्पतालमा मात्र कोभिडको निःशुल्क उपचार

Banner

चितवन, असार १५-

भोलि बुधबारदेखि भरतपुरको सरकारी अस्पतालमा मात्रै कोभिड–१९ संक्रमितको निःशुल्क उपचार हुने भएको छ ।

सरकारले कोभिड संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेका निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाएसँगै भोलिदेखि सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोभिड संक्रमितको निः शुल्क उपचार हुने भएको हो । चितवनमा विभिन्न पालिकाका स्वास्थ्य केन्द्र र अस्पतालले कोरोनाको सामान्य खालको चेकजाँच गर्दै आएको भए पनि कोरोनाका गम्भीर बिरामीलाई  भरतपुर अस्पतालसहित निजी अस्पतालमा चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र क्यान्सर अस्पतालले कोरोनाको उपचार गराउँदै आएका थिए । अब भरतपुर अस्पतालबाहेक अन्य अस्पतालमा गरिएको उपचार खर्च सरकारले नबेहोर्ने भएको छ ।

यसअघि सम्झौता गरिएका मेडिकल कलेजहरुलाई आजसम्म भर्ना भएकाको आजकै मितिले १० दिनसम्मको सोधभर्ना रकम उपलब्ध गराइने र भोलिदेखि भर्ना भएका कोभिड संक्रमितको उपचार गरेबापतको सोधभर्ना रकम उपलब्ध नगराइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजहरुलाई कोभिड संक्रमितको उपचारमा सरकारले तोकभन्दा बढी शुल्क नलिन आग्रह गरेको छ ।

सरकारले यसअघि विभिन्न निजी अस्पतालहरुसँग सम्झौता गरी कोभिड संक्रमितको निःशुल्क उपचारको व्यवस्था मिलाएको थियो । सामान्य संक्रमितको उपचार गरेबापत तीन हजार ५००, अक्सिजनसहितका संक्रमितको सात हजार र सघन उपचार गरेबापत १५ हजार दैनिक प्रतिव्यक्ति रकम उपलब्ध गराउँदै आएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>