Breaking News

चितवनमा दुई कोरोना संक्रमितको मृत्यु, विभिन्न अस्पतालमा २३३ संक्रमित बिरामीको उपचार हुँदै

Banner

चितवन, असार १५-

चितवनमा कोरोना संक्रमणबाट आज दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार आज मृत्यु भएको दुई जना मध्ये एक जना चितवनका र अर्का एक जना चितवन बाहिरका हुन् । भरतपुर अस्पतालमा १ जना र अन्य अस्पतालमा १ जना संक्रमितको मृत्यु भएको हो ।

त्यस्तै विगत २४ घण्टामा २८ जना कोरोना संक्रमित बिरामी डिस्चार्ज भएका छन् । चितवनका विभिन्न अस्पतालमा २३३ जना कोरोना संक्रमित बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा ९५ जना, भेन्टिलेटरमा १७ जना, एचडीयूमा २४ जना र जेनरल बेडमा ११४ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>