चितवन विशेष

रत्ननगर नगरपालिकाद्वारा नौं कृतिसहित तीन साहित्यकारलाई सम्मान

Banner

चितवन, असार १५-

रत्ननगर नगरपालिकाले नगर भित्रका तीन साहित्यकारलाई सम्मान तथा नौं वटा प्रकाशित कृतिलाई पुरस्कृत गरेको छ ।

नगरपालिकाले सोमबार सौराहामा कला तथा साहित्यको क्षेत्रमा योगदान दिएका साहित्यकार र  लेखकले प्रकाशनमा ल्याएको कृतिलाई पुरस्कृत गरेको हो ।

साहित्यकारहरु केशवराज आमोदी, मोदनाथ मरहठ्ठा र विश्वनाथ खनाललाई नगद पुरस्कारसहित सम्मान गरिएको छ । उनीहरुलाई मेयर नारायण वन, उपमेयर विमला दुवाडीले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए । सो नगरपालिकाले साहित्यकारहरु रामबाबु घिमिरद्वारा लिखित निवन्ध संग्रह ‘केन्द्र र परिधि’, इश्वरी ओझाद्धारा लिखित महाकाब्य ‘अविश्रान्त अवनी, श्यामजी अतिथिद्वारा लिखित रत्ननगरका विभिन्न धार्मिक संस्थाको चिनारी, गिरिधारी घिमिरे विशिष्टद्वारा लिखित ‘जीवनका भोगाइहरु’, धनराज गिरीद्वारा लिखित लघुकथा संग्रह ‘साथी’, डा.कृष्णप्रसाद पौडेलद्वारा लिखित ‘कम्मरीदेखि कोभिडसम्म’, सुमन घिमिरेद्वारा लिखित अग्रेजी कविता संग्रह ‘साइक्लोन अफ फायर’, दुर्गा कुमार पुरीद्वारा लिखित निबन्ध संग्रह ‘फरक’ र मिरा तिमिल्सिनाको मुक्तक संग्रह ‘आशु सुकेको छैन’ लाई पुरस्कृत गरेको हो ।

उक्त कृतिलाई नगदसहित पुरस्कृत गरिएको हो । कार्यक्रममा वाल्मीकि साहित्य सदनका अध्यक्ष तथा साहित्यकार रामबाबु घिमिरेले सम्मानित व्यक्तिले कला तथा साहित्य क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मेयर वनले कला, साहित्य र संस्कृति मार्फत् रत्ननगरलाई राष्ट्रियरुपमा चिनाउन कवि, साहित्यकारहरुले खेलेको भूमिका अहम् रहेको भन्दै कला, संस्कृति र साहित्यको उत्थानको लागि नगरपालिकाले गर्नुपर्ने जिम्मेवारी पूरा गर्न पछि नपर्ने बताए । कवि तथा साहित्यकार हाम्रा सम्पती हुन् उनले भने, ‘उहाँहरुको सम्मान र संरक्षण गर्नु स्थानीय सरकारको दायित्व हो ।’ कार्यक्रममा कवि सुदेश सत्यालले एकल कविता वाचन समेत गरेका थिए । उनले एक दर्जन कविता बाचन गरेको कार्यपालिका सदस्य राजेन्द्र हमालले जानकारी दिए । कार्यक्रममा कवि तथा गजलकारहरु मिरा मरहठ्ठा, कमल अर्याल, सुमन घिमिरे, मीरा तिमिल्सिना, विश्वनाथ खनाल, डा.कष्ण पौडेल, गिरिधारी घिमिरे, मोदनाथ मरहठ्ठा, धनराज गिरी, तिलकराज शर्मा, इश्वरी ओझा लगायतले रचना वाचन गरेका थिए ।

सामाजिक विकास समितिका संयोजक केशव आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर दुवाडी, प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, वडा नं २ का वडाध्यक्ष तथा साहित्यकार तिलकराज शर्माले मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>