Breaking News
नेपालमा थप २४४४ जनामा कोरोना संक्रमण, ४२ संक्रमितको मृत्यु
०

काठमाडौँ, असार १४ –
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ११ हजार ६ सय ४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजर ५ सय ९ र एन्टिजेन विधिबाट ९ सय ३५ जनामा कोरोन भाइरस संक्रमण पुष्टि भएको हो ।
आज कोरोन संक्रमणबाट ३ हजार ८५३ जना संक्रमणमुक्त भएका छन् । भने हालसम्म कोरोन संक्रमणबाट मुक्त हुने कुल संख्या ५ लाख ८८ हजार १८७ जना रहेको छ । योसँग कोरोना संक्रमणबाट मुक्त हुनेको दर ९२.६ प्रतिशत रहेको छ ।
आज कोरोना संक्रमणबाट ४२ जनाको मृत्यु भएको छ । योसँग कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ९ हजार ५१ जना पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























