Breaking News

चितवनमा बजार खुल्न थालेसँगै कोरोना संक्रमण फेरि बढ्यो, आज १३४ जना थपिए

Banner

चितवन, असार १४-

चितवनमा विगत २४ घण्टामा १३४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनको अनुसार यो संख्या विगत केही दिनको तुलनामा धेरै हो । केही दिनसम्म चितवनमा प्रत्येक दिन कोरोना संक्रमण १०० भन्दा तल झरेको थियो । आइतबार ३९ जना, शनिबार ४४ जना, शुक्रबार ४६ जना र बिहीबार ९६ जनामा कोरोना संक्रमण देखिएको थियो । बजारको चहलपहल बढ्दै गएकोले पनि यो संख्या बढेको हुन सक्ने चिकित्सकहरुको भनाइ छ । अहिले बैँकहरु सबै बार सुचारु छन् भने बजार क्षेत्रमा पनि मानिसहरुको चहलपहल बढ्न थालेको छ । जिल्ला प्रशासन कार्यालयले हप्ताको तीन दिन निश्चित समय पसल खोल्ने अनुमति दिएको छ ।

आज थपिएका संक्रमितहरु मध्ये भरतपुर महानगरपालिकाका ७३ जना, खैरहनी नगरपालिकामा १७ जना, माडीमा १६ जना, रत्ननगरमा १५ जना, राप्तीमा ५ जना, कालिकाका ७ जना र इच्छाकामनामा १ जना रहेका छन् । यो सँगै चितवनमा संक्रिय संक्रमितको संख्या एक हजार ८७ जना पुगेको छ । जसमध्ये ९५५ जना घरमा आइसोलेसनमा, ९३ जना अस्पतालको आइसोलेसनमा र ३९ जना सार्वजनिक आइसोलेसनमा रहेका छन् ।

विगत २४ घण्टामा चितवनमा २ जना कोरोना संक्रमितको निधन भएसँगै जम्मा मृत्यु हुनेको संख्या २८१ जना पुगेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>