Breaking News

शारदानगरमा कोभिड अस्पतालको सेवा सुरु, मेयर दाहाल भन्छिन्: संघीय सरकारले सहयोग गरेन

Banner

चितवन, असार १३-

भरतपुर महानगरपालिका –१९ शारदानगरमा १५ शैयाको कोभिड अस्पताल स्थापना गरेर आजबाट सेवा शुभारम्भ गरेको छ ।

भरतपुर महानगरपालिकाले शारदानगरमा रहेको स्वास्थ्यकेन्द्र लाई स्तरोन्नति गरी आफ्नै १५ शैयाको कोभिड अस्पताल स्थापना गरेको हो । महानगर प्रमुख रेनु दाहालले सो अस्पतालको उद्घाटन गरिन् ।

पश्चिम चितवनको केन्द्र समेत पर्ने भरतपुर महानगर–१९ को शारदानगरमा महानगरले आफनै अस्पताल स्थापना गर्न पाउदा निकै खुसी लागेको महानगरका प्रमुख दाहालको भनाइ थियो । अहिले ४ जना डाक्टर र अन्य स्टाफ नर्स र अरु कर्मचारीहरूबाट यहाँ सेवा दिन थालिएको छ ।

अहिले कोरोना अस्पतालका रुपमा स्थापना गरे पनि यो अस्पताल महानगरले स्थायी अस्पतालका रुपमा विकास गर्ने र यसले पश्चिम चितवनका स्थानीयलाई धेरै लाभ हुने दाहालको भनाइ छ ।

स्वास्थ्य केन्द्रको परिसरमा रहेको ५४ सालमा निर्माण भएको पुरानो भवनमा अहिले अस्पताल सञ्चालन गरिएको छ । आगामी दिनमा भौतिक संरचना निर्माणका लागि केन्द्र सरकारसँग पनि आफूहरुले पहल गर्ने र यो अस्पताललाई सबै हिसाबले सुबिधा सम्पन्न बनाएर लैजाने प्रमुख दाहालले बताइन् । शिवनगरमा पनि १५ बेडको अस्पताल स्थापना भएको र अहिले कोरोना संक्रमित १४ जनाले त्यहाँ सेवा लिइरहेको दाहालको भनाइ थियो ।

कोभिड कहिले सम्म रहन्छ कुनै ठेगान नभएकाले कोभिड रहदा सम्म कोभिड अस्पताल हुने र त्यसपछि अरु सबै खाले सेवा दिने अस्पतालका रुपमा दुबै अस्पताललाई विकास गरिने दाहालको भनाइ छ ।

संघीय सरकारको १ पालिका १ अस्पताल कार्यक्रम अन्तर्गत शारदानगरमा २५ शैयाको अस्पताल निमार्ण गर्न महानगरले चाहे पनि संघीय सरकारले त्यहाँ बजेट नदिदा नयाँ अस्पताल स्थापना गर्न नसकिएको उनको भनाइ छ । अहिले पनि आफूहरुले यसैलाई २५ शैयाको अस्पताल बनाउनु पर्छ भनेर संघीय सरकारमा खबरदारी गरिराखेको उनको भनाइ थियो ।

भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीले भरतपुर महानगरको आफ्नै अस्पतालका रुपमा विकास गर्न पाउदा खुसी लागेको बताइन् । १५ बेडबाट यसलाई आगामी दिनमा ५० बेड सम्म पु¥याउने उनको भनाइ छ । महानगरले पहिलो प्राथमिकताका साथ यसलाई हेर्ने र बजेट विनियोजन गर्ने उनको भनाइ छ । नागरिक स्वास्थ्य रहेमात्रै अरु धेरै करा गर्न सकिने भएकाले नगरबासीलाई स्वस्थ्य राख्ने आफूहरुको प्रमुख दायित्व रहेको शाहको भनाइ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>