Breaking News

भरतपुर दिव्यनगरका किसानद्वारा मेसिनबाट धान रोप्न सुरु, मेयर र उपमेयरद्वारा उद्घाटन

Banner

भरतपुर, असार १३

भरतपुर महानगरपालिका–२६ दिव्यनगरका किसानद्वारा मेसिनबाट धानरोप्न सुरु गरेका छन् ।

महानगरको १० लाख रुपैयाँ सहयोगमा दिव्यनगरको वृहस्पति आधुनिक कृषि फार्मले सो धान रोप्ने मेसिन किनेको हो ।

वडाका ८ जना किसानहरु मिलेर १८ बिघा जग्गामा खेतिपाती गर्दै आएका छन् । बढी हिलो भएर ट्याक्टर, गोरुले जोत्दा बारीमा नै फस्ने भएकोले धान रोप्ने मेसिनको आवश्यक भएकोले महानगरले मेसिन किन्न सहयोग गरेको महानगरका प्रवक्ता अरुणपिडित भण्डारीले नारायणी अनलाइनलाई जानकारी दिए ।

किसानहरुको  १२ लाख र महानगरको तर्फबाट १० लाख गरी जम्मा २२ लाखको मेसिन किनिएको उनले बताए । महानगरकी प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाहले धान रोप्ने मेसिनको उद्घाटन गरेका थिए । महानगरले यान्त्रिकिकरण योजना कार्यक्रमअन्तर्गतको २२ लाखको धान रोप्ने मेसिनको ५० प्रतिशत अनुदान दिने गरी साझेदारीमा मेसिन हस्तान्तरण गरिएको भण्डारीले बताए ।

अत्यआवश्यक भएको वडामा मात्रै यान्त्रिकीकरण योजना कार्यक्रम अन्र्तगत सहयोग गर्ने उनले भने । कृषिमा आधुनिकताको लागि पहिलो पटक महानगरले धान रोप्ने मेसिन सहयोग गरिएको हो । महानगरले दयानाथ दवाडीको समूहलाई मेसिन सहयोग गरेका हुन । दवाडीले आठ जना किसानहरुलाई साथमा लिएर १८ बिघामा खेतीबाली लगाउँदै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>