Breaking News

चितवनमा थपिए ३९ संक्रमित, २ जनाको मृत्यु

Banner

चितवन, असार १३
चितवनमा पछिल्लो २४ घण्टामा ३९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वासथ्य कार्यालय चितवनका अनुसार यससँगै चितवनका सक्रिय संक्रमितको संख्या १ हजार १४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४९ जना कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । अस्पतालबाट डिस्चार्ज हुनेमा २४ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा चितवनमा जिल्ला बाहिरका २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट र तनहुँका एकएक जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>