स्वास्थ्य
खोपले नयाँ भेरियन्टविरुद्ध पनि लड्ने क्षमता बढाउँछ

काठमाडौं, असार १३-
कोरोना भाईरसका डेल्टा भेरीयन्टको नयाँ म्युटेसन फेला पर्दैमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको माइक्रोबायोलोजिस्ट डा. प्रकाश घिमिरेले बताउनुभएको छ । आरएनए भाइरसहरु म्युटेसन भइराख्ने कारणले पनि यो म्युटेसन देखिएको उहाँ बताउनुहुन्छ । अहिलेको आवश्यकता भाईरस नियन्त्रणका लागि निगरानी भएको कारणले सरकारले यसतर्फ ध्यान पुर्याउन जरुरी रहेको उहाँको दाबी छ । प्रयोगमा आईरहेका भ्याक्सिनहरुले नयाँ म्युेटेन्ट भेरीयन्टको संक्रमणलाई रोक्न नसकेपनि भाईरस शरीरभित्र छिरिसकेपछि त्यसका विरुद्ध लड्न सक्ने क्षमता विकास गराउने उहाँ बताउनुहुन्छ ।
भाईरस परिवर्तन हुँदै जाँदा लहरहरु पनि क्रमश बढ्दै जान सक्ने डा. घिमिरेको भनाई छ । जुन समुहमा भ्याक्सिनको पहुँच छैन त्यो उमेर समुहमा यसले असर पुर्याउन सक्छ । भाईरसहरुको म्युटेसनसँगै लहरहरु आउन सक्ने ज्यादै सम्भावना रहन्छ, जुन समूहमा भ्याक्सिनको पहुँच छ त्यो समुहमा असर कम पर्छ तर यसको अर्थ भ्याक्सिन लगाएपछि मलाई संक्रमण हुँदैन भनेर सोच्न हुदैन उहाँले भन्नुभयो । गोरखापत्र दैनिकबाट
























