चितवन विशेष

चितवमा सञ्चालित घुम्ती रक्तदान शिविरमा ४०० बढीले गरे रक्तदान

Banner

चितवन, असार १२-

एरिया ३ का सम्पूर्ण लियो क्लबको आयोजनामा भइरहेको घुम्ती रक्तदान शिविरमा ४०० बढीले रक्तदान गरेका छन् ।

विश्व रक्तदाता दिवसको अवसरमा गरिएको उक्त कार्यक्रमको ११ औँ दिनसम्म आइपुग्दा सो रगत संकलन भएको एरिया ३ का एरिया कोओर्डिनेटर पुरुषोत्तम सुवेदीले नारायणी अनलाइनलाई बताए । शुक्रबार लियो क्लब अफ चितवन माउण्ट एभरेष्टले होस्ट गरेको रक्तदान कार्यक्रममा सुवेदीले यो विषम परिस्थतिमा विभिन्न अस्पतालहरुमा ‘फ्रेस ब्लड’को अभाव रहेको समस्यालाई मध्यनजर गर्दैेे कार्यक्रम गरिएको बताए ।

विभिन्न ठाउँमा कार्यक्रमको आयोजना गरी रगत संकलन गरिएको बताउँदै सुवेदीले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए । शुक्रबार भरतपुर महानगरपालिका वडा नं २६ मा गरिएको रक्तदान कार्यक्रममा महिला, पुरुष, प्रौढलगायतका उमेर समूहका नागरिकले रगतदान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि एवम् वडा नं २६ का वडाध्यक्ष ज्ञानप्रसाद खनालले एक थोपा रगतको कारणले पनि मृत्यु शैयामा पुगेको मानिसको जीवन बच्न सक्ने भन्दै रक्तदान जस्तो पवित्र कार्यमा सहभागी हुनेलाई धन्यवाद दिए ।

कार्यक्रममा ज्योतिनगर बजार व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे, रिजन ५ का रिजन कोर्डिनेटर राहुल जलान, प्रादेशिक रक्तसञ्चार नवाखर न्यौपानेलगायतको उपस्थिति रहेको थियो । लियो आरती सापकोटाले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सहजीकरण लियो सीता सापकोटाले गरेकी थिइन् । कार्यक्रम लियो क्लब अफ चितवन माउण्ट एभरेष्टका फस्ट भिपी लियो सन्तोष श्रेष्ठको अध्यक्षतामा भएको हो । आज अमरापुरीको लक्ष्मी माध्यमिक विद्यालयमा शिविर गरेर १२ आँै दिनमा कार्यक्रमको समापन गरिँदै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>