रोचक

मानव जातिकै सबैभन्दा नजिकका पुर्खाको जीवाश्मा चीनमा भेटियो

Banner

वासिङटन,असार १२-

उत्तरपूर्वी चीनमा भेटिएका हड्डीमा गरिएको खोज अनुसार भेटिएको नयाँ मानव प्रजाति नै मान्छेको सबैभन्दा नजिकका पुर्खा भएको वैज्ञानिकहरुले घोषणा गरेका छन् । ड्रागन म्यान समेत भनेर चिनिने होमो लोंगी प्रजाति मान्छेको नजिकको पुर्खा भएको वैज्ञानिकहरुले बताएका छन् । १९३० को दशकमा हेइलोङजियाङ प्रान्तको सहरमा हर्बिन क्रेनियम भेटिएका थिए । तर जापानी सेनाबाट जोगाउन त्यसलाई ८५ वर्षसम्म इनारमा राखियो ।

पछि २०१८ मा त्यसलाई उत्खनन गरी हेबेइ युनिभर्सिटीका प्राध्यापक जी कियाङलाई हस्तान्तरण गरिएको हो। हाम्रो विश्लेषण अनुसार हर्बिन समूह अरु भन्दा ज्यादै नजिकबाट मानव जातिसँग सम्बन्धित छ । उक्त अनुसन्धान अनुसार ती हड्डी कम्तिमा १ लाख ४६ हजार वर्षअघिका हुन् । तिनको नाम ड्रागन म्यान राखिनुको कारण ड्रागन नदीको नाम भएको बताइन्छ ।

अनुसन्धाता स्ट्रिंगरले भनेका छन्, यसले पूर्वी एसियामा आफ्नै विकासवादी इतिहाससँगै तेस्रो मानव वंशलाई स्थापित गर्छ । र मानव विकासका लागि यस क्षेत्र कति महत्वपूर्ण थियो भनेर पनि देखाउँछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>