चितवन विशेष

चितवनका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले पाए राहत

Banner

चितवन, असार ११ –

चितवनका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले राहत पाएका छन् । लियो क्लब अफ भरतपुर युथको नेतृत्वमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ५५ जनालाई राहतसहित जनही १ हजार सहयोग गरिएको थियो ।शुक्रबार बिहान भरतपरमा बसोबास गर्ने उनीहरुलाई सहयोग गरेको हो ।

सामाजिक अभियान्ता साथै चिकित्सक डा. सुवास बस्नेतको पहलमा १ लाख ३० हजार खर्च गरी उनीहरुलाई सहयोग गरेका हुन् । बस्नेतले गत फागुन २ गते नारायणी अनलाईनले परिवार र समाजले बहिष्कार गरेपछि यौन पेसामा तेस्रो लिङ्गी भन्ने समाचार प्रसारण गरेको थियो । सोही समाचार पढेर बस्नेतले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई निषेधाज्ञाले जीवीकोपार्जन गर्न गाह्रो भएको भन्दै सहयोगको लागि सामाजिक संजालमा अपिल गरेका थिए ।

अपिल गरे संंगै बस्नेतको पहलमा पोखराको मणिपाल शिक्षण अस्पतालमा नर्सिङ पढाइ सकेर अस्ट्रेलिया गएकाहरुबाट ६० हजार, कास्की जिल्ला पोखरा महानगरपालिका –१६ बस्ने दम्पती आनन्द प्रसाद अधिकारी र सरस्वती अधिकारीको तर्फबाट ३ हजार, चितवन बस्ने दिपेन्द्र बास्तोलातर्फबाट ३२ हजार ५००, चितवनमा बस्ने साथै सामाजिक व्यक्तित्व एवं विवेकशील साझा दलका केन्द्रीय सदस्य पवित्रा थापाबाट ५ हजार, संयुक्त राज्य अमेरिका बस्ने चिकित्सक उदिप दाहालको तर्फबाट २२ हजार, अस्ट्रेलियामा बस्ने प्रतिज्ञा पौडेलको तर्फबाट १२ हजार, चिकित्सक प्रकाश थापाबाट १६ हजार आर्थिक संकलन गरेका हुन् ।

डा. बस्नेतले घर परिवार, समाजले वेवास्ता गरेको कारण नै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले समस्या परेको बताए । जसले गर्दा उनीहरु यौन पेसामा लाग्नुपरेको समेत बस्नेतले भने, “कसलाई आफ्नो शरीर बेच्न रहर हुन्छ । घरपरिवारले पनि नहेर्ने, काम गर्न खोज्दा पनि केही  नपाउने । जसले गर्दा खान लाउन नै बञ्चित हुनुपरेकोले उनीहरुले उक्त काम गर्न बाध्य भएका हुन् ।”

यो पनि पढ्नुहोस् ।

परिवार र समाजले बहिष्कार गरेपछि यौन पेसामा तेस्रो लिङ्गी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>