अर्थ

देवघाट गाउँपालिकाले ल्यायो ४८ करोडको बजेट

Banner

तनहुँ असार १०
देवघाट गाउँपालिकाले आगामि आर्थिक वर्षका लागि ४८ करोड ६९ लाख ७८ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । बुधबार र बिहीबार भएको आठौँ गाउँसभाबाट आव २०७८/०७९ सालको लागि बजेट विनियोजन गरिएको हो ।

बिहीबार गाउँपालिकाकी उपाध्यक्ष विमला थापामगरले बजेट प्रस्तुत गरेकी थिइन् । बजेटमा चालु खर्चतर्फ सशर्त बजेट १९ करोड सात लाख, संघीय समपुरक अनुदान एक करोड ९८ लाख, प्रसाशनिक खर्च, विभिन्न कार्यक्रम र अनिवार्य दायित्वका कार्यक्रमसमेत गरी गरी चालूखर्च ११ करोड ७९ लाख ८५ हजार रुपैयाँ अनुमान गरिएको छ ।

यस्तै पुँजीगत खर्चतर्फ सशर्त अनुदान ८८ लाख, विषेश अनुदान दुुई करोड ४९ लाख, गाउँपालिकाको भवन निर्माण सिंच्याङ–सार्वाङ सडकलगायतका योजना कार्यक्रममा १२ करोड ४७ लाख ९३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

आर्थिक क्षेत्रतर्फ भने कृषि, पशु, स्वास्थ्य, उद्योग, पर्यटन, सहकारी पूूर्वाधारलगायतका विकासको लागि सात करोड ९४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

भौतिक पूर्वाधारको लागि १४ करोड ४५ लाख, वातावरण तथा विपद् व्यवस्थापनको लागि एक करोड नौ लाख ५० हजार, संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ संस्थागत क्षमता अभिवृद्धिको लागि दुुई करोड १९ लाख ७८ हजार र कोभिड–१९ व्यवस्थापन कोष, कोभिड भइपरी र पुुँजीगत भैपरी गरी जम्मा एक करोड ८० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

सामाजिक क्षेत्रतर्फ शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ एवम् पूर्ण सरसफाइ कार्यक्रम कार्यान्वयन, धार्मिक, सांस्कृतिक, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, युवा तथा खेलकुुद र मनोरञ्जनलगायतमा २१ करोड २१ लख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

बजेट प्रस्तुत हुनुअघि बुधबार गाउँपालिकाका अध्यक्ष दुुर्गाबहादुर थापामगरले निती तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

अध्यक्ष दुुर्गाबहादुर थापामगरद्वारा प्रस्तुत निती तथा कार्यक्रम र उपाध्यक्ष विमला थापामगरद्वारा प्रस्तुत बजेट गाउँसभाले पारित गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>