Breaking News
चितवनमा थप ८६ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
०
चितवन, असार ११
चितवनमा पछिल्लो २४ घण्टामा ८६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै चितवनमा सक्रिय संक्रमितको संख्या १ हजार २३ रहेको छ । चितवनमा हालसम्म १५ हजार ८३७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा चितवनमा १०७ जना कोरोना संक्रमित निको भएका छन् । जसमा अस्पतालबाट निको हुनेहरु ३० जना रहेका छन् । यससँगै चितवनमा हालसम्म निको हुनेको संख्या १४ हजार ५३८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा चितवनमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७६ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























