चितवन विशेष
लमजुङका बाढीपहिरो पीडितलाई चितवन रोटरी क्लबको सहयोग

चितवन, असार ११–
लमजुङका बाढीपहिरो पीडि़तलाई चितवन रोटरी क्लबले खाद्यान्न र भाँडावर्तन सहयोग गरेको छ । क्लबले गत असार १ गते मस्याङ्दी र दोरदी नदीमा आएको बाढीमा परी घरबार विहीन भएका ७५ परिवारलाई खाद्यान्न र भाँडावर्तन सहयोग गरेको हो ।
चितवन रोटरी क्लबका पूर्ब अध्यक्ष तथा रोटरी डिस्ट्रिकट सर्भिस चेयरम्यान उत्तमलाल चुकेको नेतृत्वमा नारायणगढ़बाट गएको चितवन रोटरीको टोलीले जिल्लाको दुई स्थानमा स्थानीय निकायको रोहबरमा बाढी प्रभावितहरूलाई राहत सामग्री प्रदान गरेको हो । जिल्लाको दोरदी गाउँपालिका–५ हिलेमा बाढी प्रभावित २५ र मस्याङदी गाउँपालिका–३, ७ र ८ वडाका ५१ परिवारलाई ५ लाख ५० हजार रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरिएको क्लवका अध्यक्ष रोशन पियाले जानकारी दिए ।
यसैगरी क्लबका पूर्ब अध्यक्ष दिलीप पिया, कोषाध्यक्ष गेहेन्द्र श्रेष्ठले पीडित परिवारलाई सहयोग प्रदान गरेका थिए। राहत वितरणको लागि नारायणगढको लक्ष्मी नारायण ट्रेडिंग, समाजसेवी प्रेमकुमार श्रेष्ठ, हरिकृष्ण महर्जन तथा रोटरी सदस्यहरूले आर्थिक सहयोग उपलब्ध गराएको क्लबका पूर्ब अध्यक्ष उत्तमलाल चुकेले जानकारी दिए । राहत वितरणमा लमजुङ रोटरी क्लब र व्यवसायी राजाराम प्रधानले विशेष सहयोग गरेका थिए । सो राहत वितरण कार्यक्रम क्लबका उपाध्यक्ष ज्ञानेन्द्रमान शाक्य संयोजनमा भएको हो ।
























