प्रवास

बेलायतमा साइकलबाट लडेर एक नेपालीको मृत्यु

Banner

– कृष्णप्रसाद शर्मा

लन्डन, ११ असार
बेलायतको नटिङघ शहरमा बस्दै आएका एक युवकको साइकलबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा बाग्लुङ गल्कोट नगरपालिका बडागाउँ स्थायी घर हाल सो शहरमा बस्दै आउनुभएका ३४ वर्षीय बद्री चालिसे रहेका छन् ।

उहाँ भलिबल खेलेर फर्केने क्रममा रोबिनहुड विद्यालय नजीक साइकल पल्टिदा घाइते बन्नुभएको थियो । टाउकामा गम्भीर चोट लागेर उहाँको क्विन्स मेडिकल सेन्टर नटिङघमको सघन उपचारका क्रममा उपचारकै क्रममा निधन भएको हो । उहाँ आफ्नो श्रीमतीसहित सन् २००९ देखि सो शहरमा बस्दै आउनुभयो थियो । (रासस)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>