Breaking News

भरतपुर महानगरको लोकप्रिय कार्यक्रमः दूध उत्पादनमा प्रतिलिटर ३ रुपैयाँ अनुदान

Banner

चितवन, असार १०–

भरतपुर महानगरपालिकाले आउँदो आर्थिक वर्षमा कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ । विशेषगरी दुग्धजन्य किसानलाई महानगरले प्राथमिकतामा राखेको हो ।

महानगरले विगतमा दुध उत्पादन गर्ने किसानहरुलाई प्रतिलिटर उत्पादनमा १ रुपैयाँ अनुदान दिँदै आइरहेको थियो । नयाँ आर्थिक वर्षदेखि महानगरले यस अनुदानमा २ सय प्रतिशतका दरले वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा किसानहरुले प्रतिलिटर उत्पादनमा ३ रुपैयाँ अनुदान पाउने छन् । महानगरपालिकाकी प्रमुख रेणु दाहालले दुग्धजन्य उत्पादन गर्ने किसानहरुलाई प्रोत्साहन स्वरुप यस्तो निर्णय गरिएको बताइन् ।

यस्तै महानगरले पशु बीमा प्रिमियममा दिँदै आएको १२.५ प्रतिशत अनुदान कार्यक्रमलाई समेत निरन्तरता दिएको छ ।

भरतपुर महानगरपालिकाले कृषिको उत्पादन तथा उत्पादकत्व वृद्धिमा बीउको अहम भूमिका रहने भएकाले उन्नत बीउ तथा मूल बीउ उत्पादन गर्ने कृषकलाई अनुदान दिने व्यवस्था समेत गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>