Breaking News
चितवनमा कोरोना संक्रमणबाट आज तीनको मृत्यु, ९६ संक्रमित थपिए, २२ डिस्चार्ज

चितवन, असार १०-
चितवनमा आज कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांक अनुसार मृतक तीन जनामध्ये दुई चितवनका र एक जना बाहिरी जिल्लाका हुन् । भरतपुर अस्पतालमा कोरोना संक्रमित २ जना र चितवन मेडिकल कलेजमा १ जनाको मृत्यु भएको छ ।
चितवनका विभिन्न अस्पतालहरुमा २३३ जना कोरोना संक्रमित बिरामीहरुले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा ९२ जना, भेन्टिलेटरमा २२ जना, एचडीयूमा ३५ जना, जेनरल बेडमा १०६ जना रहेका छन् । विगत २४ घण्टामा २२ जना कोरोना संक्रमित बिरामी विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।
त्यसैगरी चितवनमा विगत २४ घण्टामा ९६ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये भरतपुर महानगरपालिकामा ६६ जना, खैरहनीमा ४ जना, माडीमा ५ जना, रत्ननगरमा १६ जना, कालिकामा २ जना र इच्छाकामनामा ३ जना रहेका छन् । यो सँगै चितवनमा संक्रिय संक्रमितको संख्या एक हजार ४६ पुगेको छ ।
























