चितवन विशेष

चितवनको बछौंली स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

Banner

चितवन, असार १०-

बछौली स्वास्थ्य चौकीलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

स्वास्थ्य चौकी प्रमुख केशव पौडललाई रेडक्रसका निवर्तमान सभापति एवम् नागरिक सहायता कक्षका संयोजक राममणि खनाल, उपशाखा सभापति सुवास विडारी, कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठले आज स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

रेडक्रसले अक्सिजन कन्सनट्रेटर, पीपीई सेट र सर्जिकल मास्कलगायतका सामग्री स्वास्थ्य चौकी प्रमुख केशव पौडेललाई हस्तान्तरण गरेको छ । स्वास्थ्य चौकी प्रमुख केशव पौडेलले स्वास्थ्य सामग्री ग्रहण गर्दै रेडक्रसलाई धन्यवाद दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>