Breaking News

खैरहनीले ९० करोड ७२ लाख बढीको बजेट ल्यायो, आर्थिक क्षेत्रमा १४ करोड बढी विनियोजन

Banner

चितवन, असार १०

चितवनको खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८\७९ का लागि ९० करोड भन्दा बढीको बजेट ल्याएको छ ।

आगामी वर्षका लागि ९० करोड ७२ लाख बराबरको बजेट ल्याएको हो । नगरपालिकाको आज सम्पन्न नवौ नगर सभामा उपप्रमुख सुनिता थपलियाले आर्थिक वर्ष २०७८\७९ का लागि बजेट प्रस्तुत गरेकी थिइन् ।

प्रस्तुत बजेट सर्वसम्मतले पारित भएको छ । प्रस्तुत बजेट अनुसार कूल खर्च मध्ये चालु तर्फ ४४ करोड २७ लाख ४४ हजार र पूँजीगत तर्फ ४६ करोड ४५ लाख १८ हजार रुपैयाँ रहेको छ । विभिन्न कोषहरुमा ८५ लाख रुपैयाँ छ । बजेट प्रस्तुत गर्दै उपप्रमुख थपलियाले आन्तरिक आय १४ करोड ६५ लाख रहेको बताइन् ।

जिल्ला समन्वय समितिबाट प्राप्त हुने एक करोड, संघीय सरकार सशर्त अनुदान २३ करोड ६८ लाख, संघीय सरकार समानिकरण अनुदान १७ करोड २० लाख, संघीय सरकारबाट बाँडफाँड भई प्राप्त हुने ९ करोड ५५ लाख, संरक्षित वन रोयल्टीबाट ३० लाख, संघीय सरकार विषेश अनुदान एक करोड २५ लाख आम्दानी हुने उनले बताइन् ।

त्यस्तै प्रदेश सरकार सशर्त अनुदान तीन करोड ६१ लाख, प्रदेश सरकार समानीकरण अनुदान एक करोड ४९ लाख, प्रदेश सरकारबाट बाँडफाँड भई प्राप्त हुने रकम पाँच करोड ९८ लाख, प्रदेश सरकार समपुरक अनुदान एक करोड ४९ लाख, सडक बोर्ड नेपालबाट प्राप्त हुने ४० लाख, तरकारी तथा फलफूल मूल्य श्रृंखला विकास आयोजनाबाट १० लाख र चालु वर्षको बैँक मौज्दात १० करोड गरी कूल ९० करोड ७२ लाख ६३ हजार रुपैयाँ रकम आम्दानी हुने अनुमान गरिएको छ ।

खैरहनी नगरपालिकाले आगामी वर्ष आर्थिक क्षेत्रका कार्यक्रम सञ्चालनका लागि कूल १४ करोड ८५ लाख ४५ हजार रुपैयाँ विनियोजन गरेको छ । आर्थिक विकासमा कृषि विकास कार्यक्रम सञ्चालनका लागि पाँच करोड ४४ लाख, पशु विकास कार्यक्रमका लागि दुई करोड ८० लाख, जलस्रोत तथा सिँचाइका लागि पाँच करोड ४१ लाख, पर्यटन विकासमा ७२ लाख, उद्योग तथा वाणिज्यका लागि ४० लाख, सहकारी विकासका लागि आठ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

सामाजिक विकास क्षेत्रको कार्यक्रम सञ्चालन गर्न ३० करोड २१ लाख ६३ हजार रुपैयाँ बजेट छुट्याइएको छ । सामाजिक विकासको शिक्षा, युवा तथा खेलकुद विकास कार्यक्रम सञ्चालन गर्न १९ करोढ ७८ लाख ५० हजार, स्वास्थ्य तर्फ ६ करोड २३ लाख, लैंगिक समानता तथा समावेशीकरणअन्र्तगत लक्षित समूह विकास र गरिबी निवारणका लागि दुई करोड ६१ लाख, गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमका लाग २९ लाख र प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजनामा ४५ लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

पूर्वाधार विकासमा सवैभन्दा धेरै ३१ करोड ९८ लाख रुपैयाँ, वातावरण तथा विपद व्यवस्थापनका लागि दुई करोड ८१ लाख, सुशासन तथा संस्थागत विकास क्षेत्रमा १० करोड ९७ लाख रुपैयाँ विनियोजन गरिएको नगर उपप्रमुख थपलियाले बताइन् । नगर सभामा नगर प्रमुख लालमणि चौधरीले प्रस्तुत गरेको आर्थिक र विनियोजन विद्येयक सर्वसम्मतले पारित भएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>