चितवन विशेष
भरतपुरमा लियो एरिया ३ को रक्तदान
०

चितवन, असार ९–
एरिया ३ का सम्पूर्ण लियो क्लवहरुको आयोजनामा भरतपुरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । भरतपुर–७ उज्जवल टोल विकास संस्थाको सहकार्यमा गरिएको कार्यक्रममा लियो क्लव अफ नारायणगढले संयोजन गरेको थियो ।
कार्यक्रमको उद्घाटन वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले गरेका थिए । लियो क्लव अफ नारायणगढका अध्यक्ष गणेश जिसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष मोहन तिवारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नारायणगढ लायन्सका पूर्व अध्यक्ष सनद पिया, उज्जवल टोल विकास संस्थाका अध्यक्ष रामचन्द्र चालिसे, लियो जिल्ला परिषद् ३२५ बी टु का एरिया चिफ पुरुषोत्तम सुवेदीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा रक्तदाताहरुको उल्लाहसपूर्ण सहभागिता रहेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























