चितवन विशेष

सौराहामा बन्यो लायन्स भवन

Banner

चितवन, असार ९-

स्थापनाको १३ वर्षमा लायन्स क्लब अफ चितवन सौराहाले भवन निर्माण गरेको छ ।

सौराहामा जग्गा किनेर बनाइएको एउटा सभाहलसहित दुई कोठे भवनको लायन्स क्लब डिष्ट्रिक ३२५ बी २ का गर्भनर रामप्रसाद भट्टले बुधबार उदघाटन गरेका हुन् ।

संस्थाका सदस्यहरुबाट सहयोग संकलन गरेर सो भवन निर्माण गरिएको क्लबका अध्यक्ष अञ्जनकुमार पाण्डेले बताए । भवनका दुई वटा कोठा ब्यवसायिक प्रयोजनका लागि प्रयोग गर्न मिल्ने खालको छ ।

भवनको उदघाटन गर्दै डिष्ट्रिक गभर्नर भट्टले छोटो समयमा धेरै प्रगती गर्ने क्लबमा चितवन सौराहा रहेको बताए । उनले विकट क्षेत्रको मुहार फेर्न सबै उत्तिकै सक्रिय हुनुपर्ने बताए । कार्यक्रममा डिष्ट्रिक सचिव प्रभाकर पण्डितले लायन्स क्लबहरुको सक्रियताले सामाजिक विकासमा ठूलो प्रभाव परेको विचार राखे । कार्यक्रममा क्लबका कोषाध्यक्ष नारायणप्रसाद शर्मा, क्लबका संस्थापक अध्यक्ष नारायण भट्टराईले बोलेका थिए ।
कार्यक्रममा अध्यक्ष पाण्डेले भवन निमार्णमा सहयोग गर्नेहरु र चार्टर मेम्बरलाई त्यस्तै पूर्व अध्यक्षहरुलाई सम्मान गरे । क्लबमा ६७ जना सदस्य छन् ।

????????????????????????????????????

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>