Breaking News
नेपालमा थप २४२१ जनामा कोरोना संक्रमण, ८१ संक्रमितको मृत्यु
०

काठमाडौँ,असार ९-
नेपालमा पछिल्लो २४ घण्टामा थप २हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४६१ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ५११ र ४ हजार ९५३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९ सय १० जनामा संक्रमण पुष्टि भएको हो ।
आज कोरोन संक्रमणबाट ३ हजार ५५८ जना संक्रमणमुक्त भएका छन् । भने हालसम्म कोरोन संक्रमणबाट मुक्त हुने कुल संख्या ५ लाख ६८ हजार ४४० जना रहेको छ ।
आज कोरोना संक्रमणबाट ८१ जनाको मृत्यु भएको छ । जसमध्ये पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको हो । बाँकी २९ जना भने विगतको तथ्यांकमा समावेश नभएका मृत्यु रहेको उनले बताए । योसँग कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ८ हजार ८९४ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























