Breaking News

क्यान्सर रोगीको सेवामा खट्दा खट्दै भरतपुर क्यान्सर अस्पतालकी डाक्टर सदिनाको क्यान्सरबाटै मृत्यु

Banner

चितवन, असार ९-

विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा क्यान्सर रोगीको सेवामा खट्दा खट्दै डा. सदिना श्रेष्ठको क्यान्सर रोगबाट ज्यान गएको छ ।
दुई हप्ताअघिसम्म जेनतेन अस्पताल आएर आफूले सकेजति बिरामीको उपचारमा सहयोग गरिरहेकी ५७ वर्षीय डा सदिनाले मंगलबार अस्पतालको आईसीयूको बेड नम्बर २६९ बाट सदाको लागि संसार छाडिन् । काठमाडौँ स्थायी ठेगाना भए पनि काम विशेषतले भरतपुरको मंगलपुरमा बस्दै आएकी उनी विसं २०६१ सालदेखि सिनियर कन्सल्टेन्टको रुपमा क्यान्सर रोगीको उपचारमा खटिएकी थिइन् ।
क्यान्सर अस्पतालका निर्देशक डा. डेज गौतमले स्वर्गीय सदिना निकै काममा मेहनती र लगनशिल डाक्टर भएको सम्झना गरे । उनले भने, ‘ मानिसको मृत्यु भएपछि धेरै विशेषणहरु दिन जरुरी छैन । तर वास्तवमा उनी निकै मेहनती र लगनशिल डाक्टर हुन् । दुई हप्ता अघिसम्म उनी अस्पतालमा आएर नियमित ल्याबमा सकेसम्म काम गरिहेकी थिइन् ।’

सदिनाको श्रीमान् डा जया श्रेष्ठ पनि क्यान्सर अस्पतालमा नै कार्यरत छन् । श्रेष्ठ परिवार नेपालको चिकित्सा क्षेत्रमा प्रतिष्ठित परिवार मानिन्छ । क्यान्सर अस्पतालका निर्देशक डा गौतमका अनुसार सदिनालाई फोक्सोको क्यान्सर भएको थियो । उनले अस्पतालमा नै उपचार गरिहेकी थिइन् तर क्यान्सर सबैतिर फैलिइसकेकोले बचाउन नसकिएको डा गौतमले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ उहाँ तीन वर्षसम्म बाँच्नु नै ठूलो कुरा हो ।’ रसियाबाट एमबीबीयस गरेकी सदिनाले धरानबाट एमडी गरेकी थिइन् । स्वर्गीय श्रेष्ठको एक छोरा, श्रीमान् र ससुरा रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>