Breaking News

चितवनमा फेन्सीदेखी सुनचाँदीका पसलहरु तीन दिन खोल्न पाइने

Banner

चितवन, असार ९–

जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञालाई खुकुलो बनाएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज एक आदेश जारी गर्दै निषेधाज्ञा खुकुलो बनाएको छ ।

जसअनुसार असार ११ गतेदेखि इलेक्ट्रिकल तथा इलेक्ट्रिोनिक्स पसल, भाँडा पसल, कपडा पसल, फेन्सी पसल, कम्प्युटर पसल, कस्मेटिक तथा गिफ्ट पसल, सुनचाँदी पसल, फर्निचर तथा फर्निसिङ पसल संचालनमा गर्न पाइने छ । यस्तै अटोमोबाइल, मोटरपार्टस्, जुत्ता/चप्पल पसल, टेलरिङ, प्रेस तथा फोटोकपी पसलहरु संचालन गर्न पाइने छ ।

यी सबै पसलहरु साताका तीन दिन आइतबार, मंगलबार र बिहीबार गरी दिउँसो १२ बजेदेखि अपरान्ह ४ बजेसम्म संचालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>