Breaking News
चितवनमा ८९ कोरोना संक्रमित थपिए, १२७७ जना आइसोलेसनमा
०

चितवन, असार ८-
चितवनमा विगत २४ घण्टामा ८९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांक अनुसार थपिएका संक्रमित मध्ये भरतपुर महानगरपालिकामा ५६ जना, खैरहनी नगरपालिकामा ५ जना, माडी नगरपालिकामा ७ जना, रत्ननगर नगरपालिकामा १२ जना, राप्ती नगरपालिकामा ४ जना, कालिकामा ५ जना रहेका छन् ।
यो सँगै चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार २७७ जना पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा एक हजार १६६ जना, अस्पतालको आइसोलेसनमा ८१ जना र सामुदायिक आइसोलेसनमा ३० जना रहेका छन् । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार आजसम्म कोरोना संक्रमणको कारणले २७० जनाको मृत्यु भएको छ । चितवनमा अहिलेसम्म जम्मा संक्रमितको संख्या १५ हजार ५५० जना पुगेको छ ।
फाइल फोटो
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























