Breaking News

चितवन मेडिकल कलेजमा आज एकैदिन कोरोना सक्रमणबाट चार जनाको मृत्यु

Banner

चितवन, असार ८-

चितवनमा कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार चितवन मेडिकल कलेजमा आज एकैदिन चार कोरोना संक्रमितको मृत्यु भएको हो । चितवन मेडिकल कलेजकै आईसीयू र भेन्टिलेटरमा ५० जना संक्रमितको उपचार भइरहेको छ ।

चितवनका सो कलेजसहित अन्य विभिन्न अस्पतालमा गरेर जम्मा २०९ जना कोरोना संक्रमति बिरामीको उपचार भइरहेको छ । जसमध्ये आईसीयूमा ८१ जना, भेन्टिलेटरमा २० जना, एचडीयूमा ४० जना र जेनरल बेडमा ८८ जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा २४ जना कोरोना संक्रमित विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>