चितवन विशेष

काँग्रेस महाधिवेशनः चितवनका बिवादित वडा बाहेक अन्य वडाको सदस्यता अनुमोदित

Banner

चितवन, असार ८–

नेपाली काँग्रेस चितवनले बिवादित वडा बाहेकका जिल्लाको क्रियाशिल सदस्यता अनुमोदन गरेको छ । सोमबार बसेको जिल्ला समितिको बैठकले बिबाद देखिएका केही वडा बाहेक अन्य वडाहरुको सदस्यता अनुमोदन गरेको हो ।

काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले विवादित देखिएका वडाहरुमा जिल्ला स्तरीय प्रारम्भिक छानविन समितिले टुङ्गो लगाउने निर्णय गरेको छ ।

टुङ्गो लगाउन नसकेमा सो बिबादलाई राय सहित केन्द्रय समितिमा पठाउने निर्णय भएको काँग्रेस चितवनका सचिब उत्तम जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाले २७ हजार ८ सय ३३ जनाको नाम सिफारिस गरेको थियो । जसमध्ये १० हजार ८ सय २७ जना नयाँ र १७ हजार २६ जना नविकरण रहेको उहाँले जानकारी दिनुभयो ।

यो संगै बैठकले काँग्रेस चितवनका सल्लाहकार महेश्वरलाल श्रेष्ठको स्मृतिमा नामाकरण गरिएको सभाहल बनाउने निर्णय समेत अनुमोदन गरेको छ । जोशीका अनुसार कोरोना कहरका समयमा निधन भएका काँग्रेसका नेता एबं कार्यकर्ता र सर्बसाधारणहरु प्रति समवेदन समेत व्यक्त गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>