Breaking News

चितवनमा डेंगु र स्क्रब टाइफसको संक्रमण घट्यो, असारसम्ममा ४३६ जना संक्रमित

Banner

चितवन, असार ७-

चितवनमा गत वर्षभन्दा यस वर्ष डेङ्गु र स्क्रब टाइफसको संक्रमण कम भएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार गत आर्थिक वर्ष २०७६\०७७ मा चितवनमा चार हजार ९३० जना संक्रमित देखिएकोमा यस वर्षको असारसम्ममा ५३६ जनामा मात्र यस संक्रमण देखिएको छ । जुन संख्या अघिल्लो वर्षको तुलनामा धेरै कम हो । यसका लक्षण देखिएका बिरामीहरुको गत वर्ष परीक्षण बढी भएको थियो भने यस वर्ष परीक्षण पनि निकै कम भएको छ । गत वर्ष यसको संक्रमणबाट डेङ्गुबाट तीन जना र स्क्रब टाइफसबाट दुई जनाको निधन भएको थियो । यस वर्षको असारमा स्क्रब टाइफसबाट एक जनाको मात्र ज्यान गएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार डेंगुबाट भरतपुर महानगरपालिकामा ७३ जना, खैरहनीमा २० जना, रत्ननगगरमा ३० जना, राप्तीमा ८ जना, कालिकामा ७ जना र इच्छाकामनमा २ जना संक्रमित भएका छन् । त्यस्तै स्क्रब टाइफसबाट असारसम्म भरतपुर महानगरपालिकामा ७२ जना, खैरहनीमा २३ जना, माडीमा १२ जना, रत्ननगरमा २८ जना, राप्तीमा १५ जना, कालिकामा १ जना र इच्छाकामनामा १ जना संक्रमित भएका छन् ।

डेंगु संक्रमण के हो ?

डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसबाट संक्रमित भएको एडिस रजिष्टाइ जातको पोथीले यो रोग सार्छ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा बढी पाइने गर्छ ।

यसले स–साना पानी जमेका स्थानमा फूल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जस्तै टिनका डब्बा, थोत्रा टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, फूलदानी गमला, पानीका ट्याङ्कीलगायतमा यसले फूल पार्दछ । शहरी क्षेत्रमा यस्ता वस्तुहरु पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे शहरमा बढी देखिने गरेको पाइन्छ । डेंगु एडिस एजिप्टाइ र एडिस एल्वोपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव भाइरस संक्रमण हो । यो भाइरस डेंगु–१, डेंगु–२, डेंगु–३ र डेंगु–४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखुट्टे कालो रङको हुन्छ जसमा सेतो थोप्ला पनि देखिन्छ । यो लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्दछ । औंलो उत्पादन गर्ने लामखुट्टे फोहोर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फूल पार्छ ।

सामान्यतया डेंगी भाइरसको संक्रमण भएको तीन दिनदेखि १४ दिन पछि यसका लक्षणहरु देखिन्छ । यसका प्रमुख लक्षणहरु ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, मांसपेशी तथा जोर्नीहरुमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिनेलगायत हुन् । यो रोग निको हुन दुईदेखि सात दिन सम्म लाग्छ । केही बिरामीहरुमा यो रोग डेंगी हेमोरेजिक फिवर विकसित भएर रक्तश्राव हुन्छ र ज्यान नै जोखिममा पर्न सक्छ । यो अवस्थामा रक्तश्राव मात्र हुने नभई रगतमा प्लेटलेट्सको मात्रा कम हुने तथा रगतको प्लाज्मा खेर जाने हुन सक्दछ । त्यस्तै डेंगुको अर्को विकसित रुप हो । डेंगु सक सिन्ड्रोम पनि हो । यो अवस्थामा बिरामीको रक्तचाप घटेर खतरनाक अवस्थामा पुग्छ ।

स्क्रब टाइफस के हो ?

मुसामा देखिने किर्ना जस्तो किराबाट मानिसमा सर्ने यो रोग मानिसबाट मानिसमा भने सर्दैन । हामीलाई सामान्य जस्तो लाग्ने ससाना कुराहरुबाटै पनि दैनिक जीवनमा समस्या निस्कन सक्छ ।

धेरै सरुवा रोगहरु मध्येको एक हो स्क्रब टाइफस । यो रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा माइटको टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्दछ । माइट प्रायजसो झाडी, खेतबारी, वनजगंल, घर वरपरको झाडी तथा घुरान हुने ठाँउमा देखिने गर्दछ ।

लक्षण :

स्क्रब टाइफस भएका मानिसहरुमा धेरै जरो आउने १०४ डिग्री भन्दा बढी र कामजरो समेत आउन सक्छ । धेरै टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने , विस्तारै शरीरका मुख्य अंगहरुले काम गर्न छोड्ने,समयै उपचार नभएका कडा खालको स्वासप्रस्वास समस्या जस्तै दम बढ्नु सास फेर्न गाह्रो भई बिरामी सिकिस्त समेत हुन सक्छ । कीराले टोकेको ठाँउमा रातो डाबर जस्तो देखिन सक्छ । टोकेको ठाउँमा पछि गएर कालो दाग बस्न सक्छ ।

बच्ने उपाय

खेतीवारीमा काम गर्दा, वनजगंल झाडीमा जादा तथा घास काट्न जाँदा पूरा शरीर ढाकीने कपडा लगाउने संभव भए बुट लगाउने, घासबारी वा चौरमा बस्दा गुद्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुईमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, सकेसम्म घासबारी र चौरमा नबस्ने, चउर, बारी, घाँस तथा घुरान बढ्न नदिने, मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने तथा मुसाको बृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुनै यसको रोकथाम तथा बच्ने उपायहरु हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>