Breaking News

चितवनका अस्पतालमा कोरोना संक्रमित बिरामीको चाप निरन्तर घट्दो, थप चार जनाको मृत्यु

Banner

चितवन, असार ६-

चितवनका अस्पतालहरुमा कोरोना संक्रमित बिरामीको चाप निरन्तर घट्दै गएको छ ।

स्वास्थ्य कार्यालय चितवनले हरेक दिन उपलब्ध गराएको तथ्यांक अनुसार अस्पतालमा बिरामीको चाप, बिरामीको मृत्यु दर र संक्रमण दर निरन्तर घट्दै गएको छ ।

चितवनका विभिन्न अस्पतालहरुमा आजभन्दा एक महिना अगाडिसम्म झण्डै ६०० को हाराहारीमा पुगेको बिरामीको संख्या आजसम्म आइपुग्दा २३५ मा झरेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार अस्पतालमा रहेका २३५ जना कोरोनाका बिरामी मध्ये आईसीयूमा ९३ जना, भेन्टिलेटरमा ३० जना, एचडीयूमा ३९ जना र जेनरल बेडमा १०० जना रहेका छन् । आजको तथ्यांक हेर्दा आईसीयूमा बिरामीको संख्या पहिलोपटक १०० भन्दा तल झरेको छ । जबकी एक महिनाअघिसम्म आईसीयूमा बिरामीको संख्या २०० भन्दा माथि थियो ।

विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालमा चार जना कोरोना संक्रमितको निधन भएको छ । जसमध्ये भरतपु अस्पतालमा २ जना र चितवन मेडिकल कलेजमा २ जनाको निधन भएको हो । मृत्यु हुनेमा चितवनका ३ जना र चितवन बाहिरका १ जना रहेका छन् । त्यस्तै चितवनमा विगत २४ घण्टामा ३ जना कोरोना संक्रमित थपिएका छन् । जसमा भरतपुर महानगरपालिकाकाको १ जना र माडीको २ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>