Breaking News

खैरहनी नगरपालिकाद्वारा आन्तरिक आम्दानीबाट पाँच करोड बढी लगानीमा तीन पुल निर्माण

Banner

चितवन, असार ६-

चितवनको खैरहनी नगरपालिकाले चालु आर्थिक वर्षमा तीन वटा पुल निर्माण गरेको छ ।

गत आर्थिक वर्षमा दुई वटा पुल निर्माण गरेको यस नगरपालिकाले यो वर्ष थप तीन वटा पुल निर्माण गरेको हो । नगरपालिकाको वडा नम्वर २ मा लदरी खोला, खैरहनी ९ चात्रा खोला र खैरहनी ७ र ९ लाई जोड्ने पम्फा खोलामा पुल निर्माण गरेको नगर प्रमुख लालमणि चौधरीले जानकारी दिए । नगरकै आन्तरिक आम्दानीबाट ती पुल बनाइएको हो ।

तीन वटा पुललाई नगरपालिकाले नगर गौरवका आयोजनामा पारेर निर्माण गरेको हो । कोरोना भाइरसले गत वर्ष केही ठूला योजनाहरु पूरा हुन पाएनन् नगर प्रमुख चौधरीले भने, ‘कोरोना कहरकाबीच पनि नगर गौरवका आयोजनासहित अन्य योजनाका काम धमाधम भइरहेका छन् ।’

खैरहनी ९ को सिमलटाँडीदेखि दक्षिणतर्फ सुल्तनामा दुई करोड २४ लाखको लागतमा पुल निर्माण गरिएको छ । सो पुल निर्माण सम्पन्न भइसकेको छ । खैरहनी ७ र ९ लाई जोड्ने सो पुलले ती दुई वटाका स्थानीयलाई आवातजावतमा सहजता मिलेको छ । केबीसी विल्डर कम्पनी भरतपुरले ठेक्का सम्झौता गरेर काम गरेको थियो ।

खैरहनी नगरपालिका–२ लदरा खोलामा एक करोड ९५ लाखमा जीएमआर कन्स्ट्रक्सन प्रालि भरतपुरले पुल निर्माण गरेको नगरपालिका योजना शाखा प्रमुख इञ्जिनियर सुमन श्रेष्ठले बताए । लदरी पुलको एप्रोज स्लाब ढलान र पुलको दायाँ बायाँ जाली लगाउने काम बाँकी रहेको छ । सो पुलबाट खैरहनी २,३ र ४ का स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् ।

त्यस्तै सडक बोर्डको गलत डिजाइनका कारण खैरहनी नगरपालिका–९ चात्रा खोलामा निर्माण हुन नसकेको पुल नगरपालिका आफैले बनाउँदै छ । एक करोड सात लाखमा सम्झौता भएकोमा अहिले निर्माणको काम भइरहेको छ । एमआरएण्ड गु्रप डीएनवी जेवी भरतपुरलाई ठेक्का परेको हो । सो पुलको पनि एप्रोज स्वाल ढलान,जाली लगाउने र रेलिङ हाल्ने काम बाँकी रहेको इञ्जिनर श्रेष्ठले बताए ।
सो पुल निर्माणपछि खैरहनी ९, राप्ती ८ र ९ का स्थानीयलाई बजार आवातजावतमा सहजता मिल्नेछ । खैरहनी नगरपालिका उपमेयर सुनिता थपलियाले नगर गौरव र अन्य योजनाका कामहरुको नियमित अनुगमन भइरहेको बताइन् । शनिबार र विदाको दिन पनि योजनाहरुको अनुगमनमा व्यस्त रहेको उनले बताइन् । संघीय सरकारले आगामी आर्थिक वर्षमा मगनी पुल, नमुना पेट्रोल पम्पबाट दक्षिणतर्फ पम्फा खोला, ढुंग्रे खोलामा पुल निर्माणका लागि बजेट विनियोजन गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>