समाचार

झलनाथको स्वास्थ्यमा क्रमिक सुधार हुँदै

Banner

काठमाडौं, असार ६ –

भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार देखिदै आएको छ ।

खनालका स्वकीय सचिव कृष्ण भट्टराईले खनालको ज्वरो, टाउको दुख्ने समस्या र खोकी हटिसकेको बताएका हुन । ‘उहाँको स्वास्थ्यमा सुधार आइरहेको छ । अहिले अक्सीजन सपोर्ट निकालेर उपचार थालिएको छ । पूर्णरुपमा सुधार हुन केही समय भने लाग्नेछ’, भट्टराईले भनेका छन् ।

आफूले पूर्वप्रधानमन्त्री खनालसंग प्रत्यक्ष भिडियो कुराकानी गरेको भन्दै उनले स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद समेत दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>