Breaking News

नेपालमा थप २,४०१ जनामा कोरोना संक्रमण, ३४ संक्रमितको मृत्यु

Banner

काठमाडौं, असार ५-

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४०१  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १० जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६८८ र ४ हजार ६८६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७ सय १३ जना गरी कुल २ हजार ४०१ जनामा संक्रमण पुष्टि भएको हो ।

आज कोरोन संक्रमणबाट ३ हजार ६६० जना संक्रमणमुक्त भएका छन् । भने हालसम्म कोरोन संक्रमणबाट मुक्त हुने कुल संख्या ५ लाख ५३ हजार ३४२ जना रहेको छ ।

आज कोरोना संक्रमणबाट ३४ जनाको मृत्यु भएको छ । योसँग कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ८ हजार ६७५ पुगेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>