Breaking News

चितवन कांग्रेस सभापति श्रेष्ठ भन्छन्ः भरतपुर, माडी र कालिकाका मेयरहरु करोडौं भ्रष्टचारमा किन चुप ?

Banner

चितवन, असार ५-

नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले भरतपुर महानगरपालिका, माडी र कालिकाका मेयरहरु करोडौं आर्थिक अनियमितताको विषयमा चुप लागेको आरोप लगाएका छन् ।

आज सभापति श्रेष्ठले नारायणी अनलाइनसँग कुरा गर्दै भ्रष्टाचारको विषयमा नबोल्नु भनेको गल्ती स्वीकार गर्नु भएको बताएका छन् । उनले भने, ‘ भरतपुर महानगरपालिका, कालिका र माडी नगरपालिकामा करोडौं भ्रष्टचारको कुरा समाचारमा आइरहँदा मेयरहरु चुप लागेर बस्नु लाजमर्दाे कुरा हो । उनीहरुमा नागरिकप्रतिको जवाफदेहिता नै देखिएन । नबोलेको कारणले उनीहरुबाट   गल्ती भएको नै देखिन्छ ।’ सभापति श्रेष्ठले स्थानीय पालिकाहरुमा करोडौको आर्थिक अनियमितता भएको भनी महालेखा नियन्त्रकको कार्यालयले प्रतिवेदन सार्वजनिक गरेको समाचार दिनदिनै आइरहनु भनेको चितवनकै लागि लाजको विषय हो । कांग्रेसको औपचारिक धारणा नआए पनि स्थानीय निकायमा भएका अनियमितता, मनपरी, घुसखोरीका कुरामा आफूहरु निकै चिन्तित भएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘जनप्रतिनिधि भएर अलिकति पनि मेयरहरुले लाज मानेका छैनन् । ’

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>