गण्डकी

देवघाटको रातेमाटेमा २५ परिवारलाई रेडियो वितरण

Banner

चितवन, असार ५-

देवघाट रातेमाटेका २५ परिवारलाई रेडियो वितरण गरिएको छ ।

देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले सूचनाको पहुँचबाट कोही बञ्चित नहोस् भनेर रेडियो वितरण गरिएको जनाए । देवघाट गाउँपालिका–५ रातेमाटेका २५ घरपरिवारलाई करिब १५ हजार बराबरको रेडियो वितरण गरिएको अध्यक्ष थापाले जनाए । रेडियो वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष थापाले देशविदेशमा भएका घटनाक्रम, गाउँपालिकाले गरेका गतिविधि थाहा पाउन रेडियो सुन्ने बानीको विकास गराउन रेडियो वितरण गरिएको जनाए ।

सोही कार्यक्रममा कृषि तथा पशु शाखा प्रमुख पूर्णचन्द्र अधिकारीले देवघाट गाउँपालिका अध्यक्षले गरेको कार्यको प्रशंसा गरेका थिए । सूचना पहुँचबाट नजिक रहन स्थानीयलाई अधिकारीले आग्रह गरे । यस्तै सामुदायिक रेडियो देवघाटका स्टेशन म्यानेजर सुवास लामिछानेले रेडियो देवघाटका बारेमा जानकारी प्रदान गरेका थिए ।

रातेमाटे सुन्दर बस्ती टोल सुधार समितिका अध्यक्ष एवम् वुद्धिजीवी परिषद् देवघाटका अध्यक्ष डाक्टर सुरेन्द्र श्रेष्ठले गाउँपालिका अध्यक्षलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा करिव ६० जना बढीको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>