Breaking News
विदेश भ्रमणमा चितवन मेडिकल कलेजको पीसीआर रिपोर्टलाई सरकारले दियो मान्यता

चितवन, असार ५-
सरकारले विदेश भ्रमण जानेहरुका लागि चितवन मेडिकल कलेजसहित देशभरका २२ वटा निजी अस्पतालको पीसीआर रिपोर्टलाई मान्यता दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पीसीआर परीक्षण गर्ने सम्बन्धमा सबै सरकारी पीसीआर प्रयोगशाला र चितवन मेडिकल कलेजसहित २२ निजी अस्पतालको प्रयोगशालाको परिक्षण रिपोर्टलाई मान्यता दिने भएको हो ।
मन्त्रालयका अनुसार चितवन मेडिकल कलेजसहित ग्राण्डी, कान्तिपुर, स्टार, हेम्स, काठमाडौं मेडिकल कलेज, नेपाल मेडिसिटी, बीएण्डबी, अल्का, कान्तिपुर डेन्टल, जनमैत्री, नेपाल मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज र लुम्बिनी मेडिकल कलेज छन्।
यस्तै, नेशनल मेडिकल कलेज, युर्निभर्सल मेडिकल कलेज भैरहवा, मनमोहन मेमोरियल, काठमाडौं युर्निभर्सिटी मेडिकल कलेज धुलिखेल, नोवेल मेडिकल कलेज विराटनगर, न्यूरोकार्डियो अस्पताल विराटनगर, विराट मेडिकल कलेज विराटनगर, लेप्रोसी मिसन नेपाल अस्पताल ललितपुरलाई मान्यता दिएको हो।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार सरकारी अस्पतालका प्रयोगशालाको साथसाथै निजी अस्पतालमा गराएको पीसीआर परीक्षणको रिपोर्टलाई समेत विदेश जानका लागि मान्यता दिने निर्णय गरेको जानकारी दिए । प्रक्रिया पुर्याएका अरु निजी अस्पताललाई पनि क्रमशः मान्यता दिने उनले बताए ।
























