Breaking News
नेपालमा २७६८ जना संक्रमित थपिए, ४०२० निको, ४४ जनाको मृत्यु
०
काठमाडौं, असार ४
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७६८ जनामा कोरोना भाइरस (कोभिड– १९) पुष्टि भएको छ ।
स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ३७ जनाको परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् । ७५६९ वटा नमुना पीसीआर परीक्षण र ५४६८ एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप ४४ जनाको संक्रमणका कारण मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट नेपालमा ८ हजार ६६१ जनाको मृत्यु भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ४ हजार २० जना कोरोनाबाट मुक्त भएका छन् । यससँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५ लाख ४९ हजार ६८२ पुगेको छ ।
नेपालमा निको भएको दर ८८.९५ प्रतिशत, मृत्युदर १.४० प्रतिशत र बाँकी ९.६५ प्रतिशतमा कोरोना सक्रिय रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























