अर्थ

कर असुलिका लागि तोकिएको समय सीमाबारे पुनःविचार गर्न चितवन कमर्सको माग

०
Banner

चितवन, असार ०४
चितवन चेम्बर अफ कमर्सले कर तिर्ने असार २५ गतेसम्मको समय सीमाबारे पुनःविचार गर्न सरकारसँग माग गरेको छ ।

बिहीबार कमर्सका अध्यक्ष दीर्घमान श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै सो माग गरेको हुन् । अहिलेको कठिन परिस्थितमा तुरुन्तै कर तिर्न नसकिने भएकाले २५ गतेसम्मको समय सीमालाई पुनःविचार गर्न विज्ञप्तिमा भनिएको छ ।

‘सक्नले समयमा नै बुझाउनुपर्छ भन्ने कुरामा हामी सचेत छौं । तर चितवन सहितका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी रहेको र यस परिस्थितिमा सम्पूर्ण व्यावसायीहरुलाई एउटै दर्जामा राखि कर तिर्न दबाद नदिन सरकारको ध्यानाकर्षण गराउँदछौं’ विज्ञप्तिमा भनिएको छ ।

निषेधाज्ञा खुलेको कम्तिमा ३ महिना समय सीमा दिएर उद्योगी व्यवसायीहरुलाई सास फेर्ने वातावरण बनाइदिन सरकारसँग चितवन चेम्बरले आग्रह गरेको छ ।

सम्पूर्ण उद्योगी, व्यावसायी र अग्रपंक्तमा कार्यरत पेशाकर्मीहरुलाई कोभिड– १९ को दुबै चरणको खोपको व्यवस्थापन नभएसम्म अर्थतन्त्र सहजरुपमा चलायमान हुन नसक्ने चितवन चितवन चेम्बरले ठहर गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>