Breaking News

चितवनको लामो झरना जलविरे जोने पक्की सडक निर्माण, सांसद पोखरेलले पूरा गरे निर्वाचनको वाचा (भिडियोसहित)

Banner

चितवन, असार ४
चितवनको लामो झरना जलविरे जोने पक्की सडक निर्माण भएको छ । सडक निर्माणसँगै चितवन क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पोखरेलले ८ वर्ष अघि गरेको कल्पना पूरा भएको हो ।

सडक बनेपछि सडककको अवलोकन गर्न पुगेका सांसद कृष्णभक्त पोखरेलले आफूले ८ वर्षअघि देखेको सपना पूरा भएको बताए । ‘म ७० सालमा निर्वाचित हुँदा तत्कालिन चण्डिभञ्ज्याङ गाउँपालिकामा ३ सय मिटर पनि बाटो थिएन, उनले भने, ‘मैले यसको सदरमुकाम ढुुङ्ग्रेमा बसेर जलबिरेबाट म ढुुङ्ग्रेमा बाटो ल्याउँछुभन्दा खेरी यो मान्छे पागल भयो क्यारे भन्थे । तर आज त्यो सपना पूरा भएको छ ।’

आफू निर्वाचित भएदेखि यो सडकका लागि हरेक वर्ष बजेट पार्दै काम गरेको बताए । ‘कुनै वर्ष ५० लाख, कुनै वर्ष एक करोड, कुनै वर्ष तीन करोड गरेर हामीले यो बाटोलाई पूर्णता दियौं’ उनले भने, ‘यो आवमा मात्र दुई करोड ७५ लाख बजेट यस सडकमा लागि ल्याइएको छ ।’

यहाँका जनताले सडक बन्नु अघि निकै सास्ती खेप्नु परेको थियो । घरमा समान तथा खाद्यान्न पु¥याउन हिँड्नु पर्दा निकै सास्ती हुन्थ्यो । तर अहिले स्थानीयहरुले गाडीमा आफ्नो घरसम्म समान लान पाएका छन् ।

नारायणगढ–मुग्लिन सडकखण्डको जलबिरेबाट जलबिरे झरनासम्म पक्की ढलान भएको छ भने झरनाबाट ढुुङ्ग्रेसम्मको सडक चाहीँ ढलान हुन बाँकी छ । त्यसका लागि अझै ४/५ करोड बजेट आवश्यक रहेको बताउँदै सांसद पोखरेलले बाँकी बजेट पनि छिट्टै ल्याउन पहल गर्न बताए । ढलान नभएको उक्त सडकमा पानी परिरहेका बेला जान जोखिम भए पनि हिउँमा भने समस्या हुँदैन ।

हालको इच्छाकामना गाउँपालिकामा रहेको जलबिरे झरना चितवनकै लामो र चितवनका लागि एउटा सुन्दर अनुपम प्राकृतिक मनमोहक दृश्य हो । पहिले यो ठाउँसम्म मोटरसाइकल पनि जान सक्ने अवस्था थिएन । अहिले त्यहाँसम्म ढलाइ गरेर बाटो बनाइएको हो ।

यस्तै तत्कालिन चण्डिभञ्ज्याङ गाउँपालिकामा जलविरे वरिपरीका घरहरुमा मात्र बिजुली पुगेको थियो । अहिले यस क्षेत्रका ७० प्रतिशतभन्दा बढी जनतासामु बिजुली पु¥याइएको सांसद पोखरेल बताउँछन् ।

इच्छाकामनामा मानवीय जीवन स्तरमा धेरै सुधार गर्नुपर्ने अवस्था भए पनि बाटो, बिजुली, खानेपानी जस्ता विषयमा आफू निर्वाचित भएपछि धेरै परिवर्तन गरेको पोखरेल बताउँछन् । जसको यथार्थ अनुभुति त्यस क्षेत्रका जनताले गरेका छन् । सांसद पोखरेल पुग्दा त्यस क्षेत्रका जनताहरु हर्षित हुँदै भनिरहेका थिए ‘सांसद हुन त कृष्णभक्त पोखरेल जस्तो जनताको मन जित्न सक्ने नेता ।’

अञ्जना निर्माण सेवाका अध्यक्ष पुस्तक गौतमले तोकेको समयमा गुणस्तरीय काम सम्पन्न गरिएको बताए । उनले सडक निर्माणका क्रममा स्थानीयले पनि सहयोग गरेको भन्दै स्थानीयको प्रशंसा गरेका थिए ।

चितवनको पूरानो सदरमुकाम जान पीच सडक बनाइँदै

इच्छाकामना हाल रणनैतिक महत्वको रुपमा चितवनको पूरानो सदरमुकामा उप्रदाङगढी जाने बाटो निर्माण गर्न लागिएको सांसद पोखरेल बताउँछन् । घोर्लेबाट दाहखानी हुँदै उप्रदाङगढी जाने बाटो बनाउन २५ करोड बजेट छुट्टाइएको उनले बताए । पिचसहितको सो सडकको शिलान्यास भइसकेको छ । तीन वर्षभित्र त्यो बाटोलाई उद्घाटन तहमा हामी पु¥याइने सांसद पोखरेल बताउँछन् ।

त्यसैगरी शक्तिखोरबाट फिसलिङतर्फ आउने बाटो गत वर्ष नै ७८ करोडको लागतमा सम्पन्न गर्ने गरी धमाधम काम भइरहेको बताउँदै सांसद पोखरेलले अर्काे वर्षमा त्यसलाई पूरा गरिने बताए । यस हिसाबले झण्डै एक अर्बभन्दा बढीका संघीय सरकारका कार्यक्रमहरु इच्छाकामना गाउँपालिकामा चलिरहेको सांसद पोखरेलले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>