Breaking News

सामाजिक अभियान्ता सीता कुँवरको घरमा प्रहरीको छापा, सडक मानवलाई खुवाउन राखिएको चामल बरामद

Banner

चितवन, असार ४
मानवका लागि मानव सहयोगकी केन्द्र (सभ्यताको घर) चितवनकी अध्यक्ष सीता कुँवरको घरमा प्रहरीले छापा हानेको छ ।

बिहीबार साँझ गैंडाकोटस्थित कुँवरको घरमा प्रहरीले छापा हानेर खाद्यान्न बरामद गरेको हो । इलाका प्रहरी कार्यालय गैंडाकोटकी प्रमुख एवम् प्रहरी निरीक्षक (इन्सपेक्टर) लक्ष्मी पाण्डे खनालका अनुसार के प्रयोजनका लागि त्यति धेरै चामल राखिएको हो भन्ने नखुलेकाले खाद्यान्न बरामद गरिएको हो ।

एउटै घरमा अनाधिकृतरुपमा धेरै चामल राखिएको पाइएपछि जिल्ला प्रशासन कार्यालय नवालपरासी (बर्दघाट–सूस्ता पूर्वको) आदेशमा रातिको ९ बजे छापा मारिएको उनको भनाइ छ । उनले चामल कहाँबाट ल्याइएको हो र के प्रायोजनका लागि हो भनेर आधिकारिक कागजात माग गरिएको बताइन् ।

राहत वितरणका लागि अहिले नयाँ नियम बनिसकेको बताउँदै उनले अहिले राहत बाँड्न प्रशान कार्यालय हुँदै स्थानीय सरकारसँग सम्वन्यन गुर्नपर्ने बताइन् । सीता कुँवरहरुले गरेको समाजिक कार्यलाई उच्च सम्मान रहिरहेको बताउँदै उनले आफूहरुले कानुनअनुसार गरेको पाइए चामल फिर्ता गर्ने बताइन् ।

कुँवरको घर र उनको छिमेकी घरमा राखिएको ९८ बोरा चामल, तीन बोरा स्वाभिन, ८ कार्टुन तेल, ३ बोरा चिउरा, १ बोरा दाल, १ बोरा भुजा बरामद गरिएको इन्सपेक्टर पाण्डेले जनाइन् ।

अभियान्ता सीता कुँवरले आफूले नारायणी नदी किनार बेवारिसेहरुलाई खाना खुवाउन र भरतपुर महानगरमालिका १ ठिमुरामा रहेको मानवका लागि मानव सहयोगकी केन्द्र (सभ्यताको घर) आश्रममा रहेकाहरुलाई खुवाउन चामल घरमा राखेको बताइन् ।

आश्रममा मानसिक रोगीहरु पनि रहेको बताउँदै उनले एकपटक चामल हिनामिना भएपछि आश्रममा चामल कम राख्न थालिएको बताइन् । यस्तै अहिले ठिमुराको आश्रम जाने बाटो बिगे्रेको र अटोले चामल लैजान नमान्ने हुँदा सहयोगी दाताहरुले दिएको चामल आफूले घरमा लगेर राखेको उनले बताइन् ।

गतवर्ष नारायणीमा खाना खुवाउँदा कोठा भाडामा लिएर चामल राखेको बताउँदै उनले कोठा भाडा तिरेर खर्च गर्नुभन्दा आफ्नै घरमा लगेर राखेको बताइन् । सहयोग जुटाउन पहल गर्ने गंगाराज भण्डारी र राजेन्द्र खड्कीहरुकै सहमतिमा आफूले चामल घरमा राखेको उनले बताइन् । सहागोगी दाताहरुले खाद्यान्न नै सहयोग गरेकाले धेरै खाद्यान्न भएको कुँवरले बताइन् ।

कुँवरले नारायणीमा बेवारिसेहरुलाई खाना खुवाउँदा दैनिक ५ बोरा चामल चाहिने गरेको बताइन् । बिहान बेलुका गरेर ५ सय जनालाई खाना खुवाइरहेको उनको भनाइ छ । चितवनका शकंर तिवारीले आफूले बेवारिसेलाई गरेको सेवा मन नपरेर प्रहरीहरु बोलाएर छापा मार्न लगाएको पाइएको कुँवरको भनाइ छ ।

छापा मार्ने बेला भेटिएका स्थानीयहरुले सडक मानवलाई खुवानकै लागि भनेर कुवँरले घरमा खाद्यान्न राखेको भए पनि प्रहरीले कुँवरमाथि अनावश्यक शंका गरेको बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>