Breaking News

भरतपुर महानगरले बनायो चितवनकै पहिलो आपत्कालिन सामूहिक आवास भवन

Banner

चितवन, असार ३–

चितवनमा पहिलोपटक भरतपुर महानगरपालिकाले अत्याधुनिक आपत्कालीन आवास (इमरजेन्सी सेल्टर) सञ्चालनमा ल्याएको छ ।

बाढी प्रभावित क्षेत्रको रुपमा परिचित नारायणी र राप्ती नदी आसपास क्षेत्रलाई समेट्ने गरि भरतपुर–२८, साझापुरमा आपतकालिन सेल्टर निर्माण गरी प्रयोगमा ल्याएको हो । बाढी तथा अन्य विभिन्न विपद् व्यवस्थापन गर्न सघाउ पुग्ने उद्देश्यले इमरजेन्सी सेल्टर स्थापना गरिएको हो ।

शिलान्यास भएको १८ महिनामा नै भवनको निर्माण सम्पन्न गरिएको महानगरले जनाएको छ । एक करोड ७२ लाख रुपैयाँ भ्याटबाहेकको रकममा निर्माण सम्पन्न २ तले भवनको पहिलो तलमा ठूलो हल र माथिल्लो तलमा अतिआवश्यक सामग्री स्टोर गर्ने कोठा र अफिस कोठा रहेको सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालले जानकारी दिए । जहाँ ६ कठ्ठा ५ घुर जमिनमा २ सय २० वर्गमिटर क्षेत्रफल आगटेको भवनमा अत्याधुनिक अलग अलग महिला र पुरुष शौचालय समेत रहेको छ ।

भवनको एक औपचारिक कार्यक्रमकाबीच भरतपुर महानगरकी मेयर रेनु दाहाल र उपमेयर पार्वती शाह ठकुरीले उद्धघाटन गरिन् । सघन शहरी तथा भवन निर्माण आयोजनाले भरतपुर महानगरसँग समन्वय गरेर निर्माण गरेको भवन मेयर रेनु दाहाल र उपमेयर पार्वती शाहलाई आयोजनाका प्रमुख ई प्रंकाश अर्यालले हस्तान्तरण गरेसगैँ उद्धघाटन भएको हो । भवनमा विपद्को समय उद्धार गरि ल्याइएका पीडितहरुलाई राखिनुका साथै विपदको समय आवश्यक सामग्रीहरु स्टोर गर्ने व्यवस्था समेत रहेको मेयर दाहालले बताइन् ।

भवनमा एक पटकमा २ सय जनालाई राख्न सक्ने क्षमतामा रहेको सो भवन उद्धघाटन गर्दै दाहालले आफुलाई उत्साह जागेको बताईन् । उनले सदैव स्थानीय सरकार भरतपुर महानगर गरिब विपन्न जनताको हितमा काम गर्दै आएको बताईन् । ‘लामो कसरतले जनता माझ बोलेका कुरा पुरा भएको छ उनले भनिन ‘सधै बाढी प्रभावित हुने वडा नम्बर २७ र २८ सहित आसपासका जनतालाई यसले यो विपदकै घडीमा ठुलो राहत मिल्नेछ । मेयर दाहालले अतिआवश्यक सामग्री स्टोर गर्ने देखि ज्यान जोगाउन नै सेल्टरले अति महत्वपुर्ण भूमिका खेल्ने समेत बताईन ।

यस्तै उपमेयर पार्वती शाह ठकुरीले बाढीलगायतका विभिन्न जोखिम बाट स्थानीयलाई बचाउन भवन निकै उपयोगी हुने विश्वास व्यक्त गरिन् । महानगरले पहिलो चरणमा सघन शहरी तथा भवन निर्माण आयोजनाको समन्वयमा निर्माण भएको सेल्टर महानगरको विपद् जोखिम रहेका अन्य ठाँउमा समेत निर्माण गर्ने प्रतिवद्धता जनाईन् । उनले यसको सहि सदुपयोग गरेर अगाडी सुझाव दिईन् । साझापुरका स्थानीय बुद्धि कडेँलले यो भवन बनेपछि निकै खुशी लागेको बताए । यसले बोटे, मुसहरलगायतलाई अझै सहज भएको उनको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>