Breaking News

कालिका नगरपालिकाको नीति तथा कार्यक्रम: वृद्धवृद्धालाई भ्रमणदेखि वनभित्र फ्रि वाइफाइ जोनसहित कफी शप

Banner

चितवन, असार ३-

चितवनको कालिका नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ ।

आर्थिक वर्ष २०७८\७९ का लागि यस नगरपालिकाले आज बिहीबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

नीति कार्यक्रम सार्वजनिक गर्दै नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठले आमाविहीन अति विपन्न बालबालिकाहरुलाई विषेश आर्थिक सहयोग गरिने बताए । यो कार्यक्रमले नगर भित्र आमा बिहीन रहेका बालबालिकाहरुलाई आर्थिक सहयोग गरिने हुँदा उनीहरुमा राहत महसुस हुने नगरपालिकाको विश्वास छ ।
त्यस्ता बालबालिकालाई प्रदान गर्ने सहयोग रकम आगामी १० गते पेस हुने बजेटमा प्रस्तुत हुनेछ । कालिकाले अर्को लोकप्रिय कार्यक्रम पनि ल्याएको छ । अपांगता सम्बन्धी ‘ग’ वर्ग (पहेलो कार्ड ) को परिचयपत्र प्राप्त गरेका अपांगता भएका व्यक्तिलाई मासिक रुपमा भत्ता उपलव्ध गराइने नगरपालिका प्रमुख श्रेष्ठले बताए । अहिले रातो र निलो कार्ड प्राप्त गरेका व्यक्तिहरुले मात्र सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका छन् । नगरपालिकाले ल्याएको नीति कार्यक्रममा जेष्ठ नागरिकको सम्मान स्वरुप उनीहरुको मनोरञ्जनका लागि बिश्रामस्थल तथा धार्मिक भ्रमण जस्ता कार्यक्रम समेटिएका छन् ।

शिक्षाको गुणस्तर वृद्धिका लागि नगरक्षेत्र भित्रका सामुदायिक विद्यालयहरुलाई नमुना विद्यालयको रुपमा विकास गर्ने कार्यक्रम तय गरी सञ्चालन गर्ने जनाएको छ । कोभिडका कारण अभिभावक गुमाएका छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिने, प्राविधिक शिक्षा अध्ययन गर्नेहरुलाई छात्रवृत्ति प्रदान गरिने, सामुदायिक विद्यालयहरुलाई बस प्रदान गरिने कालिकाले नगरपालिकाले ल्याएको नीति कार्यक्रममा उल्लेख छ । नगरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सम्भावित पर्यटकीय क्षेत्रको विकास गर्ने, सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई नगर क्षेत्रको पर्यटकीय स्थल भ्रमण गराउने व्यवस्था मिलाउने, कालिका ९ सेरबासका साथै अन्य क्षेत्रमा निजी क्षेत्रको साझेदारीमा होमस्टे स्थापना गरिने, उदयपुर सामुदायिक वनमा कफी सपसहिको फ्रि बाइफाई जोनको व्यवस्था मिलाइने नगर प्रमुख श्रेष्ठले बताए । कृषि र पशुपालनका क्षेत्रलाई प्राथमिकता दिँदै आएको कालिका नगरपालिकाले आगामी वर्ष कुरिलो तथा सोइजन (सितल चिनी ) को व्यवसायिक खेतीलाई प्राथमिकता दिने जनाएको छ ।

त्यस्तै जग्गा भाडामा लिई सामूहिक खेती तथा बोरिङ सिँचाइ प्रणालीबाट खेती गर्ने कृषकहरुलाई लाग्ने विद्युत् महसुलमा आंशिक अनुदान नीति अवलम्बन गरिने जनाएको छ । आगामी वर्ष पनि पूर्वाधारलाई प्राथमकिता दिने जनाएको कालिका नगरपालिकाले सवै वडाहरुबाट माग भएका आयोजनाहरुको सूची तयार गरी नगरस्तरीय योजना बैँक तयार गर्ने र आगामी आर्थिक वर्षहरुमा सोही योजना बैँकबाट आयोजना छनौट गरी कार्यान्वयन गर्दै लैजाने गरी विकास योजना तयार गरिएको नगर प्रमुख श्रेष्ठले बताए । नगर सभामा प्रस्तुत गरिएका नीति तथा कार्यक्रममा दफाबार छलफल भई आगामी असार १० गते सम्मका लागि नगरसभा स्थगित भएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अच्युतराज रेग्मीले बताए । कालिका नगरपालिकाले आगामी आर्थिक वर्षका लागि झण्डै एक अर्ब बढी बजेट ल्याउँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>