चितवन विशेष

पश्चिम चितवनका मृगौंलापीडित लोक मगरलाई बेल्जियमबाट नेपालीहरुको सहयोग

Banner

चितवन, असार ३-

दुवै मृगौंला फेल भएर उपचार गराइरहेका पश्चिम चितवनका लोकबहादुर मगरलाई सहयोग जुटेको छ ।

बेल्जियममा बस्ने नेपालीहरुले उनलाई सहयोग गरेका हुन् । चितवन साहयता कोष बेल्जियमको विशेष पहलमा सस्थासँग आबद्ध भएकाहरु र बेल्जियममा रहेका सामाजिक ब्यक्तिहरूको सहयोगमा जुटेको रकम एक लाख पाँच हजार रुपैयाँ बुधबार मृर्गौलापीडित मगरलाई हस्तान्तरण गरिएको हो ।

सो सहयोग हस्तान्तरण कार्यक्रममा सामाजिक व्यक्तित्वहरु नेपाल रेडक्रस सोसाइटी केन्दीय प्रशिक्षक चिजकुमार आले, स्थानीय युवा समाजसेवीहरु विष्णु ढकाल, सोमप्रसाद भण्डारीलगायतले बेल्जियममा बस्ने नेपालीहरुले गरेको सहयोगको प्रशंसा गर्दै बेल्जियममा बस्ने उनीहरुले यस अघि पनि धेरै क्षेत्रमा यस्तो सहयोग गरेको बताए ।

पश्चिम चितवन भरतपुर महानगरपालिका–१८ मा ७ वर्षदेखि भाडाको घरमा बसोबास गर्दै आएका ४८ वर्षे मगर दुवै मृर्गौला फेल भएर उपचार गराइरहेका छन् । न्यून आर्थिक अवस्था भएका मगरले अहिले हप्ताको दुई पटक डायलाइसिस गराइरहेका छन् । भारतमा मजदूरी गर्ने उनले सहयोग रकम पाएपछि भने, ‘अब भने बाच्ने आश पलाएको छ ।’ कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सचिव सृजना अर्यालले सामाजिक सरोकारका विषयलाई सञ्चार क्षेत्रले प्राथमिकता दिनेगरेको बताउँदै बेल्जियम बस्ने सहयोगी दाताहरुको सराहाना गरिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>