Breaking News

गण्डकी प्रदेश सरकारले विपद्का लागि छुट्यायो ५ करोड

Banner

पोखरा, असार ३

नयाँ मुख्यमन्त्री नियुक्त भएपछि गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय विपद् कोषमा तत्कालका लागि ५ करोड रुपैयाँ राख्ने निर्णय गरेको छ ।

प्रदेशका जिल्लाहरुमा भारी वर्षाका कारण क्षति भएकाले उद्धार, राहत र व्यवस्थापनका लागि उक्त रकम राख्ने निर्णय भएको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा बिहीबार बिहान बसेको गण्डकी प्रदेशस्तरीय विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले उक्त निर्णय गरेको उनले जानकारी दिए ।

मनाङका विभिन्न स्थानमा बाढी पहिरोले पुर्‍याएको क्षतिको अवलोकनका लागि मुख्यमन्त्रीसहितको टोली बिहीबारै मनाङ प्रस्थान गरेको छ । मुख्यमन्त्री पोखरेलले प्रदेश र जिल्लास्थित सुरक्षाकर्मी, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयहरुलाई विपद्मा उद्वार, आवश्यक सहयोगमा जुट्न र पूर्वतयारीमा रहन निर्देशन दिएको खड्काले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>