रोचक

रोनाल्डोले पानी पिएपछि कोकाकोलाको शेयर मूल्य ४ अर्बले घट्यो

Banner

काठमाडौं,असार २-

युरो कपको प्रि म्याच कन्फ्रेन्सका दौरान हंगेरीको बुडापेस्टमा मंगलबार पोर्चुगलका कप्तान रोनाल्डोले कोकाकोलाका दुईवटा बोतल हटाएर पानी पिए । संयोग पनि कस्तो १ यस घटनापछि कोकाकोलाको शेयर मूल्य ४ अर्ब डलरले घटेको छ । युरो कपमा रोनाल्डोले सुरुवाती खेलमै घरेलु टिम हंगेरीविरुद्ध दुई गोल गरेका छन् । यससँगै उनको अन्तर्राष्ट्रिय गोल संख्या १ सय ६ पुग्यो । सर्वाधिक धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सूचीमा उनी इरानका देई अलीभन्दा केवल ३ गोलले पछि छन् ।

पोर्चुगलका कप्तान स्वास्थको निकै ख्याल गर्छन् र उनी जंक फुड तथा कार्बोनेटेड सफ्ट ड्रिक्ंस्बाटै टाढै रहन्छन् । युरो कपका अधिकारी प्रायोजक मध्येको एक कोकाकोलाले रोनाल्डोको कदमको जवाफ दिँदै मंगलबार विज्ञप्ति नै जारी गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>