Breaking News

नेपालमा थपिए २८ सय संक्रमित, ३०८२ निको, ५२ जनाको मृत्यु

Banner

काठमाडौं, असार २
नेपालमा पछिल्लो २४ घण्टामा २८ सय जनामा कोरोना भाइरस (कोभिड– १९) पुष्टि भएको छ ।

स्वास्थय तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलका अनुसार १३ हजार २२ जनाको परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् । ८६८७ वटा नमुना पीसीआर परीक्षण र ४३३५ एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । कूल पीसीआर परीक्षणमध्ये संक्रमित दर १९ प्रतिशत पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ५२ जनाको संक्रमणका कारण मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट नेपालमा ८ हजार ५५८ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ८२ जना कोरोनाबाट मुक्त भएका छन् । यससँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५ लाख ४३ हजार ५२१ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>